फेवातालमा डुंगा दौड

पोखरा । फेवातालमा आइतबार दोस्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा भएको उक्त प्रतियोगिताले समग्र पर्यटन प्रवद्र्धनमा विकासका साथै ताल संरक्षण’bout सचेतना अभिवृद्धि गरेको आयोजकको भनाइ छ ।

प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली प्रथम भयो । महिलातर्फ तालपारि ‘बी’ प्रथम भयो । पुरुषतर्फ वाराही डुंगाघाटले दोस्रो, स्वीमिङ पुल घाटले तेस्रो तथा फिस्टेलघाटले सान्त्वना स्थान हाँसिल गरे ।

यस्तै, महिलातर्फ गौरीघाट दोस्रो, पहारीघाट तेस्रो र जलारी दिदीबहिनी समूह सान्त्वना भयो ।

महिला र पुरुष दुवैतर्फ प्रथम हुने टिमले नगद ४० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार तथा सान्त्वनाले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वाराही घाटमा आयोजित समारोहमा प्रतियोगिताको शुभारम्भ गरेका हुन् । उनले पोखराको पर्यटन प्रवद्र्धनका लागि फेवातालको संरक्षणमा जोड दिए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल पर्यटकीय राजधानी पोखराको प्रमुख गहना र मुख्य पहिचान भएको बताए ।

फेवा डुंगा व्यवसायी संगठन अध्यक्ष बलराम गिरीले फेवातालको विगत, वर्तमान अवस्थाको ’boutमा अवगत गराउँदै तालको महत्व बुझाउन पनि यो प्रतियोगिता आयोजना गरिएको प्रस्ट पारे । फेवातालमा सम्भावित घटना’bout सचेतनामूलक जानकारी दिने कार्यक्रमको अर्को उद्देश्य रहेको गिरीको भनाइ थियो ।

सो अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका वरिष्ठ अधिकृत सागर श्रेष्ठले फेवातालका ’boutमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियजगत्मा प्रचारप्रसार गर्ने तथा पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जनाए । पर्यटनविज्ञ एवं सञ्चारकर्मी दीपेन्द्र पहारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

epaper

ताजा समाचार

वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान