नेपालकै पहिलो होमस्टेका अगुवा गुरुङ सम्मानित

स्याङ्जा । स्याङ्जाको सिरुवारी होमस्टेका अगुवा एंव पर्यटनकर्मीलाई ‘स्व.हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ बाट सम्मान गरिने भएको छ । नेपालकै पहिलो नमुना होमस्टे सिरुवारीकी अगुवा एवं पर्यटनकर्मी उर्मिला गुरुङलाई पोखराका अग्रणी पर्यटन उद्यमी हुतराज श्रेष्ठको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट सम्मानित हुने भएकी हुन् । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले जेठ २२ गते बिहीबार पोखरामा आयोजना गरिने टेवानको चौंथो अधिवेशनका अवसरमा गुरुङलाई जनही १५ हजार ५ सय ५ रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गर्न लागेको हो ।

स्याङ्जाको आँधीखोला गाउँपालिका १ मा रहेको सिरुबारीमा झण्डै एकदशक देखी नेतृत्वदायी भूमिका निर्बाह गर्दै आएकी ३६ वर्षिया उर्मिला गुरुङ उदाहरणीय युवा व्यक्तिका रुपमा परिचित छिन् । आफ्ना ससुरा क्या.रुद्रमान गुरुङ्को पहलमा संचालनमा ल्याइएको सिरुवारी होमस्टेको साख बचाउन गुरुङ्को खटनपटन निकै लोभलाग्दो छ । पोखराको सुविधायुक्त बसाइँ त्यागेर उनी सिरुबारी गाउँमा फर्केर सबैको प्रेरणास्रोत बनेकी छिन् । उनीसँगै वरिष्ठ पर्यटन उद्यमी हरिध्वज तुलाचन पनि सोही पुरस्कारबाट सम्मानित हुने आयोजकले जनाएको छ ।

नेपालको पर्यटन प्रवद्धनमा गुरुङ र तुलाचनले खेलेको भुमिकाको उच्च मुल्याङ्कन गरेर पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले सम्मान गर्न लागेको हो । आर्थिक मेरुदण्डको आधार पर्यटन क्षेत्र रहेको र पर्यटन प्रवद्र्धनमा उनीहरुको भुमिका महत्वपुर्ण रहेको निष्कर्ष सहित गुरुङ् र तुलाचनलाई पर्यटनविज्ञ सञ्जकान्त सिग्देलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको ‘स्व.हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ बाट सम्मान गर्ने रोजाईमा परेका हुन् ।

सिरुवारीकी गुरुङ् अतिथि सत्कार, होमस्टे व्यवस्थापन, सांस्कृतिक कार्यक्रमलगायत कामको नेतृत्व गर्छिन् । त्यति मात्र होइन, मुलुकभित्रका विभिन्न गाउँमा होमस्टे व्यवस्थापन सम्वन्धी तालिमसमेत दिँदै आएकी छिन् । पोखरामा ड्रयागन होटल खोलेर पर्यटनमा होमिएका ८१ बर्से तुलाचन पर्यटन, समाजसेवा र सांस्कृतिक क्षेत्रका नक्षत्र हुन् ।

पर्यटनविज्ञ सञ्जकान्त सिग्देल सहितको प्रतिभा छनोट समितिमा टिकाराम सापकोट, कमला गिरी, तुमला श्रेष्ठ, प्रभातराज श्रेष्ठ र प्रितिम श्रेष्ठ रहेका छन् । उक्त समितिको आधारमा दुई पर्यटनकर्मीलाई सम्मान गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उदयपुरमा करेण्ट लागेर किशोरीको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुद्धभूमिमा कांग्रेसका श्रेष्ठ मेयरमा र चौधरी उपमेयरमा पुनः दोहोरिए