ज्ञानदाको पत्रकारसँग साक्षात्कार

बारा । ज्ञानदा एकेडेमी कलेजले बारामा पत्रकारसंग साक्षात्कार कार्यक्रम गरेको छ । ज्ञानदा एकेडेमी कलेज विरगंजले कलैया स्थित दरबार होटलमा पत्रकारसंग बिहिबार साक्षात्कार कार्यक्रम गरेको हो ।

विस २०१४ सालमा ५ विघामा स्थापित भएको ज्ञानदा एकेडेमीले यस वर्ष देखि म्यानेजमेन्ट, साइन्स, ल विषयमा कलेज संचालन गरेको सिईओ कोईरालाले बताएका छन् ।

मैले आफ्नो जिवन अग्रेजी भाषा सिकाउन करेन्ट ल्याङ्ग्वेज ईन्सिच्युट विरगंजमा संचालन गरेको कोईरालाले बताए । जिवनमा धेरै उतार चढाव पार गर्दै विदेशको कलेजमा अध्यापन गराए । नेपाल फर्किदा टियुमा आवद्ध भए । स्थानीय रुपमा आफु ग्यान्डामा आवद्ध भएको समेत जानकारी गराएका छन् ।

करिब ४ सय विधार्थी लिएर पिजि देखि कक्षा १० सम्म संचालन हुदै आएको ज्ञानदाले आफु आए देखि करिव १२ सय विधार्थीका अभिभावकले विश्वास गरेको सिइओ कोईरालाले बताए ।

विधार्थीहरूलाई किताबको बोझ बोकाएर मात्रै नभएर कि अतिरिक्त किर्याकलपले विधार्थीको मानसिक अवस्था मजबुत बनाउन सकिने आफ्नो अनुभव रहेको उनले बताए ।

हामीले पढाईको क्रम मै एक घण्टी भए पनि, ‘ खेलकुद समावेश गरेको सिइओले बताए । विधार्थीहरूलाई क्रिकेट, फुटबल, बास्केटबल, पौडी, तेक्वान्दो, नृत्य लगायत अतिरिक्त क्रियाकलापले बिधार्थीको स्तर बृद्धि हुने कोईरालाले बताए । १० हजार स्क्वायर फिटमा बनेको हल बनाएर खेलकुद संचालन गरेका छौ ।

देशकै दोश्रो स्कुल हो, जाहा हामीले संस्कृत पढाउने गरेको छौ, ‘ सिइओ कोइरालाले भने । अध्यात्मिक तवरले पनि सानै देखि बच्चालाई जोडन खोजिएको उनले भने ।

सबभन्दा महङ्गो स्कुल, धनाढय परिवारको बच्चा पढने कुरा सत्य नरहेको सिईओ कोईरालाले बताए । हामीले अरू कलेजको भन्दा बढाई प्रभावकारी ढङ्गले संचालन गरेर पनि फि मा केही फरक नरहेको दाबी गरेका छन् ।

अधिकांश शैक्षिक संस्थाले कक्षाकोठामा विधार्थी कोचेर राख्ने, दक्ष शिक्षक नरहेकोले गुणस्तरीय शिक्षा दिन नसकेको उनले बताए । आफ्नो जिवन शिक्षामा बिताएकोले आफु शिक्षामा कुनै किसिमको सम्झौता नगर्ने सिईओले कोईरालाले दाबी गरेका छन् ।

अधिकांश शैक्षिक संस्थाले कक्षाकोठामा ५०/६० जना विद्यार्थी राखेर पढाउदा प्रत्येक विधार्थीमा शिक्षकको ध्यान नपुग्दा पढाईको स्तर बिग्रेको कोईरालाले भने ।
ग्यान्डाले प्रत्येक कक्षाकोठामा ३० जना विधार्थी राखेर पढाईको स्तरलाई सुधार्न खोजेको सिईओ कोईरालाले बताए ।

हामीले कक्षाकोठामा ३०जना विधार्थी राखेर पढाइ अतिरिक्त किर्याकलापले अरु संस्थाबाट केही फरक रहेको बताए । करेन्ट ल्याङ्ग्वेज ईन्सिच्युटको रूपांतरण सेली डट कम लिएर आएको समेत जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन विषयमा डिग्री गरेकी रजनी ३० वर्षमै मेयरको उम्मेदवार