सिन्धुलीमा आठ हजारलाई राहत

सिन्धुली । सरकारले गरेको लकडाउनको ४९ दिनको अवधिमा सिन्धुलीमा ८ हजार नागरिकले राहत पाएका छन । विपन्न, दैनिक ज्यालादारीका मजदुर र असंगठित क्षेत्रका कामदार तथा अशक्त नागरिकहरुले उक्त राहत पाएका हुन ।

३ वटा स्थानीय तहको कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा राहत कोषबाट उनीहरुले राहत पाएका हुन । हालसम्म कमलामाई नगरपालिका, दुधौली नगरपालिका र गोलञ्जोर गाउँपालिकाले राहत वितरण गरेका हुन । अन्य स्थानीय तहले राहत वितरण गरेको तथ्यांक आएको जिल्ला विपद व्यवस्थापन समिति सिन्धुलीले जनाएको छ ।

कमलामाई नगरपालिकामा १ हजार ७२२ जनाले राहत पाएका छन । दुधौली नगरपालिकामा ३ हजार ७६१ जना र गोलञ्जोर गाउँपालिकाले २ हजार ५०१ परिवारलाई राहत वितरण गरेका छन ।

लकडाउनका कारण दैनिकी चलाउन समस्या भएका परिवारलाई वडा कार्यालयहरुको सिफारिसमा राहत वितरण गरिएको ती स्थानीय तहले जनाएका छन । यस्तै फिक्कल गाउँपालिकाले ३९ परिवार अतिविपन्न र माझी समुदायलाई राहत वितरण गरेको छ । उक्त रेकर्ड भने जिल्ला विपद व्यवस्थापन समितिमा नआएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत भीमबहादुर बस्नेतले बताए ।

यस्तै तिनपाटन गाउँपालिका, घ्याङलेख गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, फिक्कल गाउँपालिकाले खाद्यान्न राहत खरिद प्रक्रिया अगाडि बढाएका छन् भने सुनकोशी गाउँपालिकाले कामका लागि ज्याला दिने तर राहत नदिने भनी कामदारको सुचिकरण गर्न थालेको छ ।

सुनकोशी गाउँपालिकाले तीन दिन काम लगाउने र कामको ज्याला बराबरको खाद्यान्न दिने भएको हो । जसका लागि अतिविपन्न, बेरोजगार र आय आर्जन नभएका नागरिकलाई एक घर एक रोजगारी दिइ ज्याला दिने भएको हो । जसका लागि वडा कार्यालयहरुमा निवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 371 times, 1 visits today)

epaper

ताजा समाचार

१ श्रावण २०८३