समलिंगी चरित्रमा उत्रिएका बलिउड १० कलाकार

मुम्बई । विश्वभरि समलिंगीहरुको अधिकारको लागि समलिंगी गौरव महिना सुरु भएको छ । यो एक महिनामा समलिंगीको अधिकारका लागि विभिन्न कार्यक्रमहरू विश्वभर आयोजना गर्न थालिएको छ । लामो समयदेखि बलिउड चलचित्रले पनि समलिंगीको मुद्दालाई उठाउँदै आएको छ । बिगतमा यो मुद्दाले चलचित्रमा न्युन स्थान पाउँथ्यो । पछिल्लो समय बलिउड चलचित्रमा समलिंगी मुद्दाले पैसस्त स्थान पाउन थालेको छ । यसै क्रममा धेरै बलिउड कलाकारहरूले विभिन्न चलचित्रमा समलिंगी चरित्र निर्वाह गरेका छन् । जस मध्य चलचित्रमा समलिंगी चरित्र प्रभावशाली रुपमा निभाएका १० कलाकारको यहाँ चर्चा गरिएको छ ।

शर्मिला टैगोर
बलिउडकी दिग्गज अभिनेत्री शर्मिला टैगोरले दुई वर्ष अघि चलचित्र ‘गुलमोहर’मा एक वृद्ध समलैंगिक पात्रको भूमिका निर्वाह गरेकी थिइन् । उनले आफ्नो चरित्रको सत्यलाई ठुलो सम्मान र आत्मविश्वासका साथ अँगालेको यो चलचित्रमा उल्लेख छ । उनको यो चरित्रलाई दर्शकले निकै मन पराए । समलैंगिकतालाई उमेरले रोक्दैन भन्ने सन्देश पनि यसमा दिइएको थियो ।

राजकुमार राव
बलिउड अभिनेता राजकुमार रावले चलचित्र ‘बधाई दो’मा समलिंगी प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका छन् । यसमा उत्कृष्ट र गम्भीर अभिनय गरेर राजकुमार रावले दर्शकको मन जितेका थिए । यो चलचित्र समलिंगी विवाहको अवधारणामा केन्द्रित छ । सामाजिक दबाबबाट बच्न समलिंगी पुरुष र समलिंगी महिला बिचको विवाहलाई चलचित्रको कथामा प्रस्तुत छ । फरक कथा भएकै कारण यो चलचित्रले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रशंसा पाएको थियो ।

आयुष्मान खुराना
बलिउड अभिनेता आयुष्मान खुराना पनि समलिंगी भूमिकामा प्रस्तुत भइसकेका छन् । उनले सन २०२० मा निर्मित चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’मा निडर समलिंगी पुरुषको भूमिका निभाएका थिए । समाजमा आफ्नो समलिंगी सम्बन्ध’bout खुलेर प्रस्तुत हुने पत्रको चरित्रमा उनी थिए । समलिंगी चरित्रमा उनको अभिनयले दर्शकलाई समलिंगी विषयमा सोच्न बाध्य बनाएको थियो ।

माधुरी दीक्षित
सन २०२२ मा निर्मित बलिउड चलचित्र ‘मजामा’ मा अभिनेत्री माधुरी दीक्षितले सुषुप्त महिला समलिंगी चरित्र निर्वाह गरेकी थिइन् । चलचित्रमा उनको छोरी वर्षा सिंह स्वएम् समलिंगी स्वभावकी हुन्छिन् । उनी समलैंगितामा विद्यावारिधि गरिरहेकी हुन्छिन् । सोही क्रममा माधुरीले आफ्नो समलिंगी चरित्र’bout छोरीसँग खुलासा गर्छिन् । जसमा माधुरीलाई छोरीले साथ दिएको कथा यो चलचित्रमा रहेको छ । प्रेम र पहिचानको खोजी उमेरसँगै समाप्त हुँदैन भन्ने कुरा माधुरीको चरित्रले दर्शकहरूलाई देखाएको थियो ।

लिसा मिश्रा
गायिकाबाट बलिउड अभिनेत्री बनेका लिसा मिश्राले ‘द रोयल्स’ चलचित्रमा उच्च घरानामा जन्मेकी एक समलैंगिक चरित्र निर्वाह गरेकी थिइन् । यो चलचित्र सन २०२२ मा निर्माण भएको थियो । ओटिटी प्लेटफर्मबाट रिलिज भएको चलचित्र द रोयल्सले उच्च घरानामा जन्मेका समलैंगिक चरित्रहरूलाई परिवारले इज्जतको लागि भन्दै समलिंगी रूपमा खुल्न नदिँदाको समस्या दर्साएको थियो ।

सोनम कपूर
बलिउड अभिनेत्री सोनम कपूरले पनि चलचित्रमा समलैंगिक युवतीको भूमिका निर्वाह गरिसकेकी छिन् । उनले चलचित्र ‘एक लडकी को देखा तो ऐसा लगा’मा महिला समलिंगी (लेजवियन) चरित्र निर्वाह गरेकी थिइन् । सन २०१९ मा निर्मित यस चलचित्रमा उनले परिवारलाई आफ्नो समलिंगी सत्यता बताउन जुटाएको साहसको कथा प्रस्तुत गरिएको थियो । परिवारमा समलिंगीको पहिचान कसरी गर्न सकिन्छ भन्ने सन्देश यो चलचित्रमा सशक्त रूपमा उतारिएको थियो ।

वाणी कपूर
चलचित्र ‘चण्डीगढ़ करे आशिकी’मा अभिनेत्री वाणी कपूरले ट्रान्सजेन्डर महिलाको भूमिका निभाएकी थिइन् । २०२१ मा निर्मित यो चलचित्रमा पुरुष स्वभावको व्यक्तिले आफ्नो लिंग परिवर्तन गरेर महिला बनेको कथा प्रस्तुत गरिएको थियो । भारतमा निकै मौलाएको ट्रान्सजेन्डर प्रक्रियामाथि यो चलचित्र रिलिज भएपछि निकै बहस पनि भयो । यो चलचित्रले उनीहरूको प्रतिनिधित्व गरेको ट्रान्सजेन्डर समुदायको कथन थियो ।

गुलशन देवैया
ओटिटी प्लेटफर्ममा रिलिज बलिउड चलचित्र ‘बधाई दो बधाई दो’मा अभिनेता गुलशन देवैयाले अर्का अभिनेता राजकुमार रावसँग समलिंगी चरित्र निर्वाह गरेका थिए । उनी यो चलचित्रमा प्रेमीको रूपमा प्रभावशाली भूमिकामा थिए । उनको चारित्रिक सहजता र इमानदारीले दर्शकहरूमा गहिरो प्रभाव छाडेको थियो ।

अक्षय ओबेरॉय
बलिउड अभिनेता अक्षय ओबेरोयले चलचित्र ‘इनसाइड एज–३’मा समलैंगिक चरित्र निर्वाह गरेका छन् । यो चलचित्रमा कथामा उनको सामलिंगी व्यक्तित्व निकै सुहाएको छ । पुरुषार्थी वातावरणमा लुकेको खेलाडीको भूमिका निर्वाह गर्दै, अक्षयले पहिचान र आन्तरिक द्वन्द्वका विषयवस्तुहरूलाई शालीनता र गहिराइका साथ प्रस्तुत गरेका छन् । जसमा उनले आफ्नै सहकर्मीसँग समलैंगिक सम्बन्ध राखेको यो चलचित्रमा प्रस्तुत छ ।

अंशुमान झा
बलिउड चलचित्र ‘हम भी अकेले तुम भी अकेले’मा अभिनेता अंशुमान झाले समलिंगी पुरुष चरित्र निर्वाह गरेका थिए । जो लेस्बियन महिलासँग अनौठो सडक ट्रिपमा जान्छन् र उनी मित्रतासँगै समलिंगी सम्बन्धनमा बाँधिन्छन् । झाले यसमा संवेदनशील चरित्रमा आफूलाई ढालेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा अब बालेन यात्रा