‘स्वेच्छाचारी प्रवृत्ति’मा जकडिएको समाज

‘चरित्र एउटा सेतो कागजजस्तै हो, जसमा दाग लागेपछि मेटिन गाह्रो हुन्छ ।’ नैतिकवान् व्यक्तिका लागि यो उक्ति सधैं अनुसरणीय छ । बुझ्नेका लागि नैतिकता जीवनकै सबैभन्दा ठूलो र गौरवमय विषय हो । धनसम्पत्ति गुमे पुनः मेहनत र परिश्रम गरी आर्जन गर्न सकिन्छ । साथीसंगति गुमे अपरिचितसँग पनि भ्रातृत्व र स्नेह भावना विस्तार गरी पुनः मित्रता गाँस्न सकिन्छ, तर नैतिकता गुमेमा न मेहनत गरेर पुनः आर्जन गर्न नै सकिन्छ, न त धनसम्पत्तिले किन्न नै पाइन्छ, न आपसी सम्बन्ध विस्तारबाटै पुनः स्थापित हुनसक्छ ।

त्यसैले, नैतिकता अमूल्य छ र जीवनमा एकपटक गुमिसकेपछि पूर्ववत् रूपमा प्राप्त गर्न सकिँदैन । यसर्थ, नैतिकता मानिसलाई वास्तविक मानिसकै रूपमा परिचित गराउने, सबैका सम्मान पात्र बनाउने तथा राष्ट्रमा मात्र होइन व्यक्तिलाई अन्तर्राष्ट्रिय जगत्सम्मै सम्मानित गराउने सर्वश्रेष्ठ विशेषता वा व्यक्तिको सबैभन्दा गहन सम्पत्ति हो । जसको कुनै मूल्य हुँदैन, यो अमूल्य छ ।

नैतिकताको यही गरिमा र महŒव बुझेर वैदिकयुगमै ऋषि–महर्षिले नैतिकता सूचक मन्त्र सूत्रपात गरे । आफ्नो संसर्गमा आउनेलाई यस’bout ज्ञान दिलाए । आफैं आदर्श नैतिकताकै अनुपम उदाहरण बनी अरूका लागि प्रेरणाका स्रोत बने । नैतिक शिक्षाको महŒव’bout मन्त्र प्रतिवादन गरी प्रचारप्रसार गराए तथा सिंगो समाजलाई नै नैतिकवान् बनाउने प्रयास गर्दै आए । वैदिकयुगदेखि नै अवलम्बन हुन थालेको यही नैतिक शिक्षा प्रभाव अहिलेसम्म पनि समाजमा परिरहेको छ । तर, पछिल्लो समय ह«ासोन्मुख अवस्थामा पुग्दै छ । समाजमा बढ्दो कलह र अशान्ति, अपराध र अराजकता, संन्त्रास र आतंक एवं स्वेच्छाचारिताजस्ता सामाजिक विकृति नैतिकता ह्रासकै उपज हुन् ।

समसायिक रूपमा हुँदै आएको परिवर्तन र आधुनिकताले व्यक्ति तथा समाजलाई नै आपसी प्रतिस्पर्धामा उतार्दै ल्याएको छ । प्रतिस्पर्धाले व्यक्तिलाई एकातिर सफलताकै शिखर चढाउँदै छ भने अर्कोतर्फ सफलताको लालसाले व्यक्तिकै तर्फबाट पालन गर्नुपर्ने मानवीय आधारभूत मूल्य मान्यता लत्याइ“दै छ । यति मात्र होइन, कतिपय आधारभूत सामाजिक मूल्य–मान्यता नै आधुनिकताको बाधक ठानिँदै छन् । सफलता सँगसँगै विकसित हुन पुगेका यस्तै नकारात्मक पक्ष सन्दर्भमा मानिस संवेदनशील बन्न सकेको छैन ।

एकअर्काबीचको प्रतिस्पर्धाले छरछिमेकीसँगको सम्बन्धमा असर पु¥याएको छ, सामाजिक सद्भाव बिथोलिएको छ । पारस्परिक एकता टुक्रिँदै छ । आत्मीयता र सौहाद्र्रता अलग्याएर व्यक्ति एक्लो हु“दै छ । आफूलाई मात्रै महŒवपूर्ण ठान्ने, अरूलाई वास्ता नगर्ने ‘व्यक्तिवादी दृष्टिकोण’ले सफलता प्राप्त गरे पनि ‘सामाजिक आडभरोसाबेगरको त्यस्तो सफलता चीरस्थायी हुन सक्दैन’ भन्ने महŒव ओझेल पर्दै छ । यसक्रममा कतिपयले नैतिकताको आदर्शलाई नै गुमाइरहेका छन् । यसैको दुष्परिणाम छिमेकीले छिमेकीको वास्ता नगर्ने, आपत्विपद्मा सहयोगी नबन्ने, एकअर्कोलाई नचिन्ने, अन्तरात्माबाट नभई ओठे भक्ति देखाउने, व्यक्ति समाजबाटै अलग्गिँदै जाने, सामाजिक एकतामा खलल पुग्नेजस्ता सामाजिक संरचनामै असर पर्न थालेको छ । यसलाई आपसी स्वार्थ प्रतिस्पर्धाको नकारात्मक असरका रूपमा लिन सकिन्छ । यो नैतिकता ह्रासकै कारण परेको सामाजिक प्रभाव हो ।

यसैगरी, मुलुक सञ्चालन गर्ने राजनीति र त्यसको प्रयोगकर्ता वा नेतृत्वकर्ता नैतिकताको अनुपम आदर्श नमुना बनेमा समाजबाट नैतिकता ह्रास हुन पाउँदैन । नैतिकवान् व्यक्तिले राज्य सञ्चालन गरे समाजका हरेक सदस्यसम्म त्यसको स्वतः सकारात्मक प्रभाव पर्दछ । तर, हाम्रो मुलुकको सन्दर्भमा नैतिकता ह्रासको गलत नमुना राज्य सञ्चालकबाटै प्रस्तुत हुँदै आएको पछिल्लो दृष्टान्तले समाजलाई नै नकारात्मक रूपमा प्रभावित बनाउँदै ल्याएको छ । पदमा पुगिसकेपछि आफूलाई सर्वेसर्वा ठान्ने, आफूलाई सत्तामा पु¥याउने जनताप्रतिको जिम्मेवारी बिर्सने, देश र जनताप्रति इमानदार नहुने । जनप्रतिनिधिको हैसियतले गर्नुपर्ने आधारभूत दायिŒव पूरा नगर्ने । आफैंलाई शक्तिशाली ठान्ने । नीतिगतभन्दा स्वेच्छाचारी प्रविधि अ“गाल्ने । व्यक्तिगत स्वार्थलाई नै सर्वोपरी ठान्ने नेताको कार्यशैलीको गलत नमुना मातहतका नेता–कार्यकर्ता हुँदै समाजसम्म नै विस्तारित भएको छ ।

समाजलाई प्रभावित बनाउने नैतिकता ह्रासको यो पछिल्लो दृष्टान्त हो । गाउँटोलदेखि इलाका, जिल्ला र क्षेत्र हुँदै केन्द्रसम्म राजनीतिक दलको संगठनात्मक शृंखला व्यवस्थित र मजबुत हुने भएकाले दलीय गतिविधि एवं नेताको सकारात्मक वा नकारात्मक काम कार्यको प्रभाव उतिखेरै केन्द्रबाट गाउँस्तरसम्म फैलन्छ । यसका साथै जनविश्वास प्राप्त नेता नै नैतिकवान् बने वा मातहतका कार्यकर्तादेखि मतदातासम्मलाई उच्च नैतिक शिक्षा प्रदान गराई समाजलाई नै आदर्श समाजमा रूपान्तरण गर्ने दायिŒव पनि नेताको हो ।

यही भूमिका निभाउने उत्तम र प्रभावकारी माध्यमका रूपमा लिइने राजनीतिक दल र नेताकै क्रियाकलाप अनुकरणीय हुनुपर्नेमा निराशाजनक छ । नेतृत्वकर्ता नै नैतिकता विमुख बन्दै गएको विद्यमान अवस्थामा उनीहरूकै गलत प्रवृत्ति अनुसरणले समाजलाई नै प्रभावित बनाउँदै आएकाले नैतिकता धराशायी भएको छ ।

प्राचीनकालमा गुरुकुल शिक्षा नैतिक शिक्षाको अनुपम नमुना मानिन्थ्यो । गुरुकै आश्रममा बसेर विद्यार्थी शिक्षा ग्रहण गर्दथे । गुरु पनि चेलालाई ‘कसरी आदर्श शिक्षा प्रदान गरी दक्ष र सम्मानित बनाउन सकिन्छ ?’ भन्नेमा दत्तचित्त रहन्थे । गुरु–चेला सम्बन्ध अत्यन्त सम्मानजनक र स्नेह भावमा आधारित हुन्थ्यो । जनसंख्या वृद्धिसँगै शिक्षा आर्जन गर्ने चेला संख्या वृद्धि हुँदै गएपछि आश्रममै शिक्षा प्रदान गर्न गुरुलाई पनि समस्या हुँदैगयो । गुरुकुल शिक्षा पनि क्रमशः पाठशाला, शिक्षालय, विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा परिणत हुँदै आयो । गुरुचेला पनि शिक्षक, प्राध्यापक र विद्यार्थीमा परिणत हुनपुगे । तथापि, आधुनिक शिक्षण संस्थालाई प्राचीन गुरुकुलकै परिवर्तित स्वरूप मानिन्छ । शिक्षा प्रदान गर्ने र ग्रहण गर्ने शिक्षक–विद्यार्थी सम्बन्ध पनि ‘गुरुकुल युगीन गुरु र चेलाबीचकै सम्बन्धजस्तो प्रगाढ र आत्मीयतामा आधारित हुनुपर्छ’ भन्ने मान्यता यथावत् भए पनि व्यवहारमा त्यस्तो सम्मानित एवं स्नेहभाव लोप भएको छ ।

समसायिक रूपमा हुँदै आएको परिवर्तन र आधुनिकताले व्यक्ति तथा समाजलाई नै आपसी प्रतिस्पर्धामा उतार्दै ल्याएको छ । प्रतिस्पर्धाले व्यक्तिलाई एकातिर सफलताकै शिखर चढाउँदै छ भने अर्कोतर्फ सफलताको लालसाले व्यक्तिकै तर्फबाट पालन गर्नुपर्ने मानवीय आधारभूत मूल्य मान्यता लत्याइँदै छ

विद्यार्थी दक्ष बनाउनेतर्फ शिक्षक नै संवेदनशील नहुने । विद्यार्थीलाई आदर्श नागरिककै रूपमा समाजमा उभ्याउने आफ्नो दायिŒव पूरा नगर्ने । केवल औपचारिकतामा आधारित शिक्षा प्रदान गर्ने । आफूले प्रदान गरेको शिक्षाले विद्यार्थीको आचरण र व्यवहार परिवर्तन ल्यायो–ल्याएन ? ऊ प्रशिक्षित भयो–भएन ? भन्ने शिक्षकले अनुगमन नगर्ने तथा आफ्नै चेलाप्रति कुदृष्टि राख्ने परिपाटीले नैतिक शिक्षामा ह्रास ल्याएको छ । शिक्षककै व्यवहार विद्यार्थीले अनुसरण गर्नु कुनै अनौठो कुरो होइन । यसले गर्दा शिक्षक र विद्यार्थीको नाता सम्बन्ध औपचारिकतामै सीमित हुँदै गएको छ । एकअर्काबीचको आत्मीयता हराउँदै छ । अझ शिक्षककै गलत व्यवहार र विद्यार्थीसँगको अवैध सम्बन्ध तथा हेलमेलले विद्यार्थी टाढिएका मात्र होइनन्, शिक्षककै गलत आचरणको प्रभावले कतिपय विद्यार्थी नै चरित्रहीन बन्न पुगेका छन् । व्यक्तिको नैतिक चरित्रप्रति प्रश्न उठ्ने यस्ता असामान्य घटना शिक्षण संस्थामा फाटफुट रूपमा देखापर्ने भए पनि त्यसले उतिखेरै हजारौं विद्यार्थीमा नकारात्मक असर पार्छ । यो पनि नैतिकता ह्रासको पछिल्लो अर्को दृष्टान्त हो ।

समाज वा शिक्षण संस्थामा मात्र होइन, घरपरिवारमा समेत नैतिकता ह्रासोन्मुख हुँदै आएको छ । सामाजिक संसर्ग र देखासिखी प्रभावले पछिल्लो पुस्तालाई प्रभावित बनाउँदै छ । परम्परागत सामाजिक संस्कारलाई उपेक्षा गर्ने, पारिवारिक मानमर्यादा बिर्सने, आफैंलाई ‘सर्वज्ञ’ ठान्ने तथा नैतिकताको बन्धनलाई नै आधुनिकताको बाधक ठान्ने प्रवृत्ति नयाँ पुस्तामा विकसित भएको देखिन्छ । यसले व्यक्तिलाई समाजबाट मात्र होइन, परिवारबाटै एक्लो बनाउँदै छ ।

नयाँ पुस्ताको आधुनिक विचारशैली लागू हुने अवस्थामा हाम्रो समाज पुगिसकेको छैन । ८० प्रतिशतभन्दा बढी जनसंख्याले परम्परागत रीतिरिवाज र संस्कार अवलम्बन गर्दै आएको परिप्रेक्ष्यमा अल्पसंख्यक नयाँपुस्ताका दृष्टिकोण पुरानो पुस्ता रहेसम्म लागू हुने अवस्था पनि छैन । यही कारण कतिपय आधुनिक रीतिरिवाज हाम्रो समाजमा भित्रिए पनि मान्य छैन । गुरुकुलकै शिक्षा पद्धतिबाट प्रभावित जनसमूहकै बाहुल्यता यद्यपि रहँदै आएकाले अधिकांशले नैतिकतालाई नै ‘सर्वोपरि’ ठान्दै आएका छन् । तथापि, नैतिकतालाई ‘गौण’ ठान्ने प्रवृत्ति बढ्दै आएकाले यसले चुनौती निम्त्याएकालाई भने स्वीकार गर्नेपर्छ ।

नैतिकताविरुद्धका गतिविधि हुन–गर्न नपाउनेतर्फ समाजदेखि परिवारसम्मकै सम्पूर्ण सदस्य एकत्रित बन्नुपर्ने अवस्था आइसकेको छ । हाम्रो मुलुकमा मात्र होइन, आधुनिकताको शिखरमा पुगिसकेका कतिपय पाश्चात्य विकसित देशमा पनि नैतिकतालाई उत्तिकै महŒवपूर्ण ठानिन्छ । नैतिकताकै परिधिभित्र रहेरै ती मुलुक विकसित भएका छन् । वास्तवमा माथि सुरुमै उल्लिखित ‘जर्मनेली उक्ति’जस्तै सेतो कागजमा लागेको दाग मेटाएर कागज नच्याती पूर्ववत् रूपमै कञ्चन अवस्थामा पु¥याउन सकिँदैन । दाग मेट्ने क्रममा कागजमा प्वालै पर्नसक्छ वा दाग लागेको भाग पूर्ववत् सफा हुनै सक्दैन । व्यक्तिका लागि नैतिक चरित्र पनि त्यस्तै हो । एकपटक नैतिक चरित्र गुमाएको व्यक्तिप्रतिको सामाजिक दृष्टिकोण पूर्ववत् रूपमा स्वच्छ बन्न सक्दैन । तर, अमूल्य मानि“दै आएको यही नैतिकतालाई पछिल्लो समय वस्तु विनिमयको साधन बनाइ“दै छ । स्वार्थमा नैतिकताको सम्झौता गरिन्छ ।

यति मात्र होइन, पैसामा नैतिकता बेचिन्छ । धनसम्पत्तिकै मोहले नैतिकता गौण ठानि“दै छ । सम्पत्ति नै सर्वोपरि ठान्ने प्रवृत्तिले राजनीतिज्ञ, समाजसेवी, उद्योगपति वा व्यापारी मात्र होइन, शिक्षक–विद्यार्थीदेखि परिवारकै सदस्यले पनि पैसामा नैतिकता साट्दै छन् । समाजमा खलल ल्याउने प्रमुख कारण पनि यही हो । नैतिकता ह्रासकै उपजका रूपमा समाजमा स्वेच्छाचारिता बढ्दै आएको छ । आफ्नो र पराइ, मेरो र अर्काको ठान्ने व्यक्तिवादी प्रवृत्तिले सामाजिक सद्भाव बिथोल्दै छ । सम्पूर्ण समाजलाई नै आफ्नो ठान्ने उदारवादी मानवीय दृष्टिकोणलाई नै निजी स्वार्थले विस्थापित गराउँदै छ । ‘यो आफ्नो, ऊ पराई’ भन्ने भेदभाव सानो चित्त भएका मानिसको मात्र हुन्छ । उदार चरित्र भएका मानिसका लागि त ‘पृथ्वी नै आफ्नो हुन्छ’ भन्ने हित्तोपदेशमा उल्लिखित कुरा मानिसको व्यवहारबाटै पुष्टि हुँदै आएको छ ।

मेहनत र पसिनाले आर्जन गरेको सम्पूर्ण जायजेथा मृत्युपर्यन्त साथै लैजाने आशयले उत्पन्न व्यक्तिको लालची व्यवहारले समाज र परिवारकै सदस्यलाई नै पराइ बनाउँदै छ । नैतिकता बन्धकमा राख्ने प्रवृत्तिले जीवनभर आर्जन गरेको इज्जत र प्रतिष्ठा क्षणभरमै गुमाउँदै छ । सदाचार, धैर्य र संयमता अभावकै कारण, आर्जन गरेको इज्जत र प्रतिष्ठालाई नै जगेर्ना गर्न सकेको छैन । समाजमा विरलै व्यक्ति पाइन्छन्, जसले आफूले जीवनभर प्राप्त गरेको सम्मान र प्रसिद्धि यथावस्थामा जगेर्ना गरेका छन् । अन्यथा सम्मान र प्रसिद्धिको शिखरमा पुगेका अधिकांश व्यक्ति पनि क्रमशः गिर्नुको कारण नैतिकता स्वार्थमा विनिमय गर्नु हो । यसर्थ सदाचार, आदर्श आचरण एवं नैतिकता बन्धकमा राख्ने होइन, यसलाई संरक्षण र जगेर्ना गर्न नैतिक शिक्षा आवश्यकता समाजमा खड्केको छ ।

नैतिकताको आदर्श नमुना राज्य सञ्चालक नेताबाटै प्रदर्शित हुनुपर्नेमा नेताबाटै नैतिकताहीन घृणित कार्यको दृष्टान्त प्रस्तुत हुनु लज्जास्पद हो । आदर्श समाज निर्माण गर्ने, मुलुकलाई सुसंस्कृत एवं विकसित गराउने, जनताको जीवनस्तर सुधार्ने जिम्मेवारी जनताले नेतालाई दिएका छन् । नेताका लागि जनअभिमत त सकारात्मक कार्य गर्ने लाइसेन्स हो । तर, यही जनविश्वासघात गरी नैतिकतालाई नै पैसामा बेच्नेजस्तो घृणित राष्ट्रघाती कार्य नेताबाटै भइरहेको छ । यसले नेपालमा राजनेता नभएको सन्देश विश्व समुदायमा प्रवाह गरिरहेको छ ।
[email protected]

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भक्तपुरमा प्रदर्शन