काठमाडौं । सरकारले इजरायलबाट स्वदेश फर्किने नेपालीहरूको उद्धार गर्न नामावली संकलन गर्ने काम सुरु गरेको छ । वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्यमुलुक इजरायलमा विगत केही दिनदेखि आणविक विस्फोटनको घटना बढ्न थालेपछि त्यहाँ कार्यरत नेपाली कामदारलाई सुरक्षित स्थानमा सार्ने तथा नेपाल फर्काउन उद्धारको तयारीमा जुटेको सरकारले स्वदेश फर्किन खोज्नेहरूका लागि बुधबारदेखि धमाधम नामावली संकलनको काम सुरु गरेको हो ।
विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसनको व्यवस्था
अहिले इजरायल र इरानबीचको द्वन्द्व थप चर्किएकाले त्यहाँ कार्यरत नेपाली कामदारलाई जतिसक्दो छिटो सुरक्षित रूपमा उद्धार गरी स्वदेश फर्काउन र सुरक्षित स्थानमा राख्नका लागि त्यहाँको सरकारसँगको समन्वयमा इजरायलस्थित नेपाली दूतावासले धमाधम आफ्ना नागरिकको नामावली संकलन गर्न थालिएको जनाएको छ ।
जसका लागि अहिले इजरायलको तेल सहरमा रहेको नेपाली दूतावासले अनलाइन फाराम भर्न मिल्ने लिंक सार्वजनिक गरेको छ । नेपाली दूतावासले तत्काल उद्धार आवश्यक भएका नेपालीले अनलाइन फाराम भरेर आफ्नो विवरण समावेश गराउन सम्बन्धित सरोकारवालालाई आग्रह गरेको छ ।
यसअघि इजरायल र इरानबीच विकसित द्वन्द्व चर्किएका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सरकारले इजरायल, इरान र प्रभावित छिमेकी मुलुकमा रहेका नेपाली नागरिकको सुरक्षा, संरक्षण एवं आवश्यकताअनुसार उद्धार गर्नका लागि व्यापक तयारी थालेको बताएको थियो ।
जसका लागि मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करको संयोजकत्वमा बसेको उच्चस्तरीय बैठकले द्वन्द्व प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि विभिन्न निर्णय गरेको थियो ।
श्रम मन्त्रालयमा सचिव पुष्करको संयोजकत्वमा बसेको उच्चस्तरीय बैठकले गरेको निर्णय र परराष्ट्र मन्त्रालयले दिएको निर्देशनबमोजिम इजरायलमा रहेका नेपालीको नामावली संकलन गर्न थालिएको सो दूतावासले जनाएको छ ।
दूतावासका अनुसार इजरायलमा हाल करिब ५ सय ५० जना र इरानमा १२ जना नेपाली स्वदेश फर्किन खोज्नेमा छन् । उनीहरू’bout अहिलेसम्म अप्रिय खबर नआएको परराष्ट्र मन्त्रालयले जानकारी गराएको श्रम मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यसअघि प्रतिनिधिसभाको उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गैरआवासीय नेपाली संघ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रलगायतका प्रतिनिधिको सहभागितामा उच्चस्तरीय बैठकले यस्तो तयारीमा जुट्ने निर्णय गरेको थियो ।
सो निणर्य बमोजिम परराष्ट्र मन्त्रालयले बुधबार ति मुलुकहरूमा रहेका नेपाली नागरिककालागि यात्रा नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ । परराष्ट्र मन्त्रालयले ती देशहरूमा रहेका र वैदेशिक रोजगारीकालागि प्रभावित देशहरूमा जाने तयारीमा रहेका नेपाली नागरिकका लागि सुरक्षाको जोखिम भएको भन्दै यात्रा नगर्न यस्तो ट्राभल एड्भाइजरी जारी गरेको जनाएको छ ।
मन्त्रालयले विज्ञप्ति मार्फत इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको बताएको छ । यसैगरी, अत्यावश्यक काम नभएसम्म ति मुलुकहरूमा यात्रा नगर्न र आफु रहेको बंकर लगायत सुरक्षित स्थानबाट बाहिर ननिस्कन समेत अनुरोध गरिएको जनाएको छ ।
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले पनि हाल दुई देशबीचको युद्ध थप चर्किएका कारण अप्ठ्यारोमा परेका नेपालीलाई आवश्यकताअनुसार जतिसक्दो छिटो उद्धार गर्न सरकार लागिपरेको बताएका छन् ।
यसअघि सरकारले श्रम मन्त्रालयका सचिव पुष्करको संयोजकत्वमा गठित कार्यदलले पनि इजरायल र इरानबीचको द्वन्द्वबाट प्रभावित देशमा कार्यरत नेपाली नागरिकालाई सुरक्षित रूपमा राख्न तथा आवश्यक परेकाहरूलाई तत्काल स्वदेश ल्याउन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न सुझाएको थियो ।
श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयले आफू मातहतका विभिन्न निकाय तथा सम्बन्धित सरोकारवाला संघसंस्थाहरूको सहकार्यमा विगत केही दिनदेखि थप चर्किएको इजरायल– इरान युद्धले समस्यामा परेका आफ्ना नागरिकलाई जतिसक्दो छिटो स्वदेश फर्काउन दूतावासले नामावली संकलन गरी व्यवस्थित रूपमा उद्धार तथा आवश्यक सहयोगको काम थालनी भएको जनाएको छ ।
सरकारले इजरायलबाट स्वदेश फर्किन खोज्ने नेपाली कामदारको विवरण संकलन अभियान थालेको इजरालयस्थित नेपाली दूतावासले नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी आफ्ना नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसनको व्यवस्था गएिको बताएको छ ।
पछिल्लो समय आफू बसेको स्थाननजिकै निकै डरलाग्दो गोला र आणविक हरियार विस्फोटनको त्रासले अतालिएका नेपाली कामदारलाई सुरक्षित रूपमा स्वदेश फर्काउन सरकारले इच्छुक नेपालीको वास्तविक अवस्था बुझेर स्वदेश फर्काउनका लागि राजदूतावासबाट इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनको कामलाई थप सहज बनाउन अनलाइन रजिस्ट्रेसन (दर्ता)को व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
पछिल्ला दिनहरूमा यि दुबै देशले एक–अर्कामाथि आणविक तथा मिसाइल र ड्रोन हमला गरिरहेका छन् । इजरायलले इरानका केही महत्वपूर्ण स्थानमा आक्रमण गरेको छ भने इरानले पनि इजरायलमा सयौं मिसाइल प्रहार गरेको त्यहाँको अन्तर्राष्ट्रिय न्युज एजेन्हिरूले जनाएका छन् । यस क्रममा दुबै देशमा गरि झन्डै ३ सय भन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।






