नीलकमल सबैभन्दा धेरै कामदार पठाउने कम्पनी

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो महिना गत जेठ महिनामा संस्थागत श्रम स्वीकृति लिएर विभिन्न म्यानपावर कम्पनीहरूबाट जाने नेपाली कामदार मध्ये सबैभन्दा धेरै काठमाडौको सिनामंगलस्थित नीलकमल ह्युमन रिसोर्स प्रालिबाट गएका छन् । गत जेठ महिनामा नीलकमल ह्युमन रिसोर्स कम्पनीले कुल १ हजार ९ जना नेपाल कामदार पठाएर सबै भन्दा धेरै कामदार पठाउने सूचीको पहिलो स्थानमा पर्न सफल भएको छ ।

दोस्रोमा प्याराडाइज , तेस्रोमा एसओएस

त्यसपछि प्याराडाइज इन्टरनेशनल प्रालिले ९ सय ३८ जना कामदार पठाएर दोस्रो स्थानमा पर्न सफल भएको छ भने एसओएस म्यानपावर सर्भिस प्रालिले ६ सय ५१ जना नेपाल कामदार पठाएर तेस्रो स्थानमा पर्न सफल भएको छ ।

गत जेठ महिनामा संस्थागत रुपमा श्रम स्वीकृति लिएर विभिन्न म्यानपावर कम्पनीहरूबाट ३३ हजार भन्दा बढी नेपाल कामदार वैदेशिक रोजगारीमा गएका छन् । जसमध्ये झन्डै सयवटा म्यानपावर कम्पनीले एकसय जना र सो भन्दा बढी कामदार पठाएका छन् ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत जेठ महिनामा सबै भन्दा धेरै कामदार पठाउने उत्कृष्ठ १० म्यानपावर कम्पनीहरू मध्ये चौथो स्थानमा भिजन एण्ड भ्यालु ओभरसिज प्रालि पर्न सफल भएको छ सो कम्पनीले जेठमा ४ सय ४१ जना कामदार वैदेशिक रोजगारीमा पठाएको छ ।

पाँचौ उत्कष्ट कम्पनीमा लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रालि पर्न सफल भएको छ । सो कम्पनीले गत जेठ महिनामा ३ सय ५८ जना कामदार वैदेशिक रोजगारीमा पठाएको छ ।

यसैगरी, उत्कृष्ठ छैठौंमा पर्न सफल द रिभर ओभरसिज प्रालिले गत जेठ महिनामा ३ सय ५० जना नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाएको छ । उत्कृष्ठ सातौं स्थानमा पर्न सफल मोन्टेज ओभरसिज प्रालिले गत जेठमा २ सय ८८ जना कामदार पठाएको छ ।

उत्कृष्ठ आठौंमा पर्न सफल गोल्डेन गेटवे इन्टरनेशनल प्रालिले २ सय ६८ जना, उत्कृष्ट नवौंमा पर्न सफल ग्रेस ओभरसिज प्रालिले २ सय ६६ जना र उत्कृष्ट दशौं स्थानमा पर्न सफल इन्टरपिड रिक्रुटमेन्ट सर्भिसेज प्रालिले २ सय ५८ जना कामदार वैदेशिक रोजगारीमा पठाएको छ ।

विभागका अनुसार गत जेठमा २ सय जना भन्दाबढी कामदार पठाउने कम्पनीहरुमा साउन्डलाइन्स रिक्रुटमेन्ट प्रालि, मास ह्युमन रिसोर्स प्रालि, ब्लु स्काइ इन्टरनेशनल प्रालि, स्काइवेज ब्युरो सर्भिसेज प्रालि, रोयल इन्टरनेशनल ओभरसिज प्रालि, एयर किंग्स प्लेसमेन्ट प्रालि, लुलु इन्टरनेशनल प्रालि, शिखर इन्टरनेशनल म्यानपावर सर्भिसेज प्रालि र लगइन इन्टरनेशनल ओभरसिज रिक्रुटमेन्ट प्रालि रहेका छन् ।
यि हुन् उत्कृष्ठ १० म्यानपावर कम्पनीहरू
नीलकमल ह्युमन रिसोर्स प्रालि – १००९ जना
प्याराडाइज इन्टरनेशनल प्रालि – ९३८
एसओएस म्यानपावर सर्भिस प्रालि – ६५१
भिजन एण्ड भ्यालु ओभरसिज प्रालि – ४४१
लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रालि – ३५८
द रिभर ओभरसिज प्रालि – ३५०
मोन्टेज ओभरसिज प्रालि– २८८
गोल्डेन गेटवे इन्टरनेशनल प्रालि – २६८
ग्रेस ओभरसिज प्रालि – २६६
इन्टरपिड रिक्रुटमेन्ट सर्भिसेज प्रालि – २५८

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बित्तीय प्रगति सार्वजनिक गर्दै स्थानीय तहहरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेले क्लिनस्विप गरेको पाख्रिबासमा गठबन्धन विजयी