एनआईसीसीआईद्वारा इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत पाओलो नुगारीको स्वागत

काठमाण्डौ । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघ (एनआईसीसीआई) ले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत पाओलो नुगारीलाई स्वागत गरेको छ ।
बैठकको उद्देश्य नेपाल–इटाली सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाहरूको खोजी गर्नु थियो ।

एनआईसीसीआईका अध्यक्ष संजय अग्रवालले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन नुगारीले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै, साझा व्यापारिक हितको प्रवद्र्धनमा एनआईसीसीआईको प्रतिबद्धता दोहोर्याए ।

कार्यक्रममा नेपालका लागि इटालीका मानार्थ वाणिज्यदूत प्रतिमा पाण्डे तथा एनआईसीसी बोर्ड अफ डाइरेक्टरका सदस्यहरू पनि उपस्थित थिए । नुगारीले दिर्घकालीन प्रगतिको लागि दिगो सहकार्य, सांस्कृतिक आदानप्रदान, र निजी क्षेत्रको संलग्नताको महत्वमा जोड दिए ।

एनआईसीसीआई नेपाल र इटालीबीचको व्यापार, संवाद, र रणनीतिक साझेदारीलाई निरन्तर प्रवद्र्धन गर्दै जाने प्रतिबद्धतासहित अघि बढ्दैछ ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो