महामन्त्रीको रूपमा पार्टीमा काम गर्न पाउनुपर्ने मागसहित सर्वोच्च पुगे मुकुल ढकाल

काठमाडौँ । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा कायम राख्नुपर्ने माग गर्दै डा. मुकुल ढकाल सर्वोच्च अदालत गएका छन् । उनले रास्वपा केन्द्रीय कार्यसमिति, कारागारमा रहेका सभापति रवि लामिछाने महामन्त्रीमा नियुक्त कवीन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा लगायतलाई विपक्षी बनाएका हुन् ।

ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीको रूपमा रहेको रहेको अभिलेखलाई यथावत राख्नुपर्ने अनि महामन्त्रीको रूपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग गरेका हुन् ।

न्यायाधीश कुमार रेग्मीको इजलासले उनको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ । रास्वपाले महामन्त्री र केन्द्रीय सदस्यबाट निष्कासित भएका ढकालले आफूले मूलतः दुईवटा माग राखेको बताएका छन् ।

त्यसबाहेक रास्वपामा आफूलाई महामन्त्रीको रूपमा काम गर्न नदिइएको भन्दै उनले महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने अर्को माग पनि राखेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 320 times, 1 visits today)

epaper

ताजा समाचार

रवि लामिछानेले बोलाए भोलि बिहीबार सर्वदलीय बैठक