त्रियुगा नपाद्वारा महिला उद्यमीलाई सीप र प्रविधि हस्तान्तरण

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले घरेलु तथा साना उद्यमि ब्यवसायीहरुलाई सीप विकास सम्बन्धि प्रशिक्षणसँगै जिविको पार्जनका लागि प्रविधि हस्तान्तरण गरेको छ । नगरपालिकाको घरेलु उद्यम विकास शाखाद्वारा आयोजित एक कार्यक्रममा नगर प्रमुख बसन्तकुमार वस्नेतले पाँच दर्जन बढि महिला उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरेको हो ।

नगर प्रमुख वस्नेतले ३० जना महिलाहरुलाई सिलाईकटाई मेसिन र औजारहरु, २२ जना पार्लर उद्यमी ब्यवसायीलाई सेम्फु वेड, फिसियल वेड, कार्लियर आइरन र हेयरस्टेट आइरन तथा १२ जना ढाका कपडाका उद्यमीलाई तान, कोका, काइयो सटल लगायतका सामग्रीहरु हस्तान्तरण गरेको छ ।

सहकारी शाखाकी अजन्ता पौडेलले सञ्चालन गरेकी सो कार्यक्रममा महिला लक्षित बजेट बाट नगरपालिका आफैले करिब १२ लाख रुपैयाँको खर्चमा ४५ दिने सिलाई कटाई तालिम, ५२ दिने ब्युटिपार्लर तालिम र तीन महिने ढाका कपडा सम्बन्धी सिपमुलक तालिम सञ्चालन गरी प्रविधि हस्तान्तरण गर्दै तालिमको समापन गरेको उपप्रमुख महेश्वरी राईले बताईन ।

नगर क्षेत्रका विपन्न महिलाहरुलाई ब्यवसायी बनाउँदै स्वरोजगार बन्न आर्थिक विकासमा आत्मनिर्भर गराउदै अगाडी बढाउने उद्देश्यले महिलाहरुलाई सीप विकास गराएर प्रविधि समेत हस्तान्तरण गरिएको नगरपालिकाका उद्यम विकास शाखा प्रमुख विश्वजित राई बताउँछन । तालिमको प्रमाणपत्र र प्रविधि समेत पाएकोमा खुसि हुदै उद्यमीहरुले व्यवसाय अगाडी बढाउने प्रतिबद्धता जनाएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी