सिन्धुली । मदनभण्डारी राजमार्गमा गए राती मोटरसाईकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । भने एकजना घाईते भएका छन । राती पौने १२ बजेतिर राजमार्गको भिमान कटारी सडक अन्तर्गत कमलामाई नगरपालिकाको वडा नं. १४ तल्लो रानीबासमा मोटरसाईकल दुर्घटना भएको हो ।
दुर्घटनामा परि कमलामाई नगरपालिका वडा नं. १४ का ३५ वर्षिय राजेन्द्र कुँवर दनुवारको मृत्यु भएको छ । कमलामाई नगरपालिका वडा नं. ९ को भिमानबाट रानीवासतर्पm जाँदै गरेको ज४प३४९८ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको र दुर्घटनामा सवार दनुवारको निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उनको उपचारका लागि बर्दिबास लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुबेदीले बताए ।
दुर्घटनामा परि मोटरसाईकलमा सवार १४ वर्षका करण कुमँर घाईते भएका छन । उनको महोत्तरीको बर्दिवासमा रहेको जनसेवा अस्पतालमा उपचार भईरहेको सुवेदीले जानकारी दिएका छन । घाईते कुमँरको दायाँ कुम र दायाँ हातमा चोट लागेको छ ।
मोटरसाईकल चालक कनपा १४ का २१ वर्षिय मनिष धामी र मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिईसकेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






