विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाएको सेवा सुविधा फिर्ता गर्दै

काठमाडौं । विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्ने भएकी छन् । नेकपा एमालेको राजनीतिमा पुनः क्रियाशील भएपछि उनले सरकारी सेवा सुविधा फिर्ता गर्न लागेकी हुन् । सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सुविधा फिर्ताका लागि उनको सचिवालयले गृह मन्त्रालयलाई पत्र पठाइने भएको छ ।

सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्ने क्रममा सेवा सुविधा फिर्ताको जानकारी पनि गराउन धेरै नेता कार्यकर्ताले भनेका थिए ।

भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराएको छ । रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई स्वकीय सचिवका रूपमा कार्यरत छन् ।

त्यस्तै पूर्व राष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा लिइएको छ । भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ ।

पूर्व राष्ट्रपति भण्डारीले अरू पदाधिकारीले जस्तो गाडी सुविधा नलिएको तर २०७ लिटर पेट्रोल मासिक रूपमा उपलब्ध गराइएको छ । त्यस्तै सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराउने गरिएको गृहले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

देवेनरा ग्रुपको आवासमा प्रहरीको छापा