३४ प्रतिशत बालबालिकासँग आफ्नै सामाजिक सञ्जाल खाता

काठमाडौं । अनलाइन बाल सुरक्षाका लागि कार्यरत संस्था चाइल्डसेफनेटले ‘नेपालमा अनलाइन यौन शोषण र दुव्र्यवहारबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न अभिभावकको भूमिकाको अभिवृद्धि’ शीर्षकको अनुसन्धान प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गरेको छ । प्रतिवेदन राष्ट्रिय बालअधिकार परिषद्की सदस्य–सचिव इन्द्रादेवी ढकाल र चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले ललितपुरमा आयोजित एक कार्यक्रममा संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

नेपालका ८५ प्रतिशत अभिभावकले आफ्ना बालबालिकासँग अनलाइन यौन शोषण र दुव्र्यवहार’bout कहिल्यै छलफल गर्ने गरेका छैनन्

अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय बालअधिकार परिषद्की सदस्य–सचिव ढकालले भनिन्, ‘बालबालिकाको सुरक्षामा अभिभावकको भूमिका अत्यन्त महŒवपूर्ण छ, प्रविधिको तीव्र विकास र बालबालिकाको बढ्दो अनलाइन पहुँचले उनीहरूलाई अनलाइन हिंसाका विभिन्न रूपको जोखिममा पारेको छ, यस्तो संवेदनशील विषयमा चाइल्डसेफनेटको अग्रणी भूमिका सराहनीय छ ।’

सेफ अनलाइन फन्ड र टेक कोअलिसनको सहयोगमा सञ्चालित यस अध्ययनमा काठमाडौं र ललितपुर जिल्लामा मिश्रित विधि (मिक्स्ड–मेथड) प्रयोग गरिएको थियो । जसमा ६ देखि १७ वर्ष उमेरका बालबालिकाका ९ सय जना अभिभावकसँग सर्वेक्षण गरिनुका साथै निर्धारित समूह छलफल र अभिभावक, बालबालिका, विज्ञहरू तथा सरोकारवालासँग विस्तृत अन्तर्वार्ता गरिएको थियो ।

अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता र प्रतिवेदनका मुख्य लेखक रघुवंशीले भने, ‘यस अध्ययनले अभिभावकहरूले अनलाइन यौन शोषण र दुव्र्यवहारका सन्दर्भमा बालबालिकालाई कसरी सुरक्षित राख्ने गरेका छन् भन्ने बुझाइ, दृष्टिकोण र व्यवहार’bout जानकारी संकलन गरेको छ, साथै उनीहरूले भोगिरहेका चुनौतीहरूको पनि चित्रण गरिएको छ ।’

अध्ययनमा एकल आमाबुवा, अपांगता भएका बालबालिकाका हेरचाहकर्ताजस्ता व्यक्तिका धारणा पनि समावेश गरिएका छन् । रघुवंशीका अनुसार अभिभावकमा अनलाइन जोखिम’bout चिन्ता त देखिन्छ तर धेरैले त्यस्ता जोखिमबाट बालबालिकालाई जोगाउन आवश्यक ज्ञान, जानकारी र सहयोगको अभाव महसुस गरेका छन् ।

प्रतिवेदनकी सहलेखिका तुलसा खड्का भन्छिन्, ‘धेरैजसो बालबालिकाले आफ्नै मोबाइल नभएता पनि उनीहरूले परिवारका सदस्यहरूको मोबाइलबाट इन्टरनेट चलाउने गरेका छन्, तीमध्ये धेरैले अभिभावकीय निगरानीबिना डिजिटल प्लेटफार्म प्रयोग गर्छन् ।’ ४५ प्रतिशत बालबालिकाले आफ्नै उपकरण प्रयोग गर्ने गरेको जानकारी अभिभावकले दिएको उनको भनाइ छ । साथै, ३४ प्रतिशत बालबालिकासँग आफ्नै सामाजिक सञ्जाल खाता रहेको पनि उनले बताइन । ‘२९ प्रतिशत बालबालिकाले परिवारका सदस्यका खाताहरू प्रयोग गर्ने गरेको पाइयो, जसमा अधिकांश बालबालिकाले आमाको खाता प्रयोग गर्ने गरेका थिए,’ प्रतिवेदनकी सहलेखिका तुलसा खड्काले भनिन् ।

अनुसन्धान प्रतिवेदनअनुसार, धेरैजसो अभिभावकहरू आफ्ना बालबालिकाको अनलाइन क्रियाकलाप’bout अनविज्ञ थिए, जसले गर्दा ती बालबालिका वयस्क सामग्री र अनलाइन ग्रुमिङको जोखिममा परेका थिए ।

यसैगरी, अनलाइन ग्रुमिङ, अनलाइन बाल यौन शोषण र हिंसात्मक वा यौनजन्य सामग्री’bout धेरैजसो अभिभावकलाई थोरै मात्र जानकारी थियो । अनुसन्धान प्रतिवेदनका अर्का सह–लेखक सुलभरत्न बज्राचार्यले भने, ‘नेपालका ८५ प्रतिशत अभिभावकले अनलाइन ‘सीएसईए’सम्बन्धी विषयमा आफ्ना बच्चासँग कहिल्यै कुराकानी गरेका छैनन् ।’

उनका अनुसार मुख्य कारणहरूमा असहजता, जानकारीको अभाव र उमेरअनुकूल नभएको धारणा सामेल छन् । त्यसैगरी, लैंगिक अल्पसंख्यक क्वेयर बालबालिकाले आफ्नै परिवारभित्रबाट समेत घृणा, भेदभाव र दुव्र्यवहार सहनुपर्ने अवस्था रहेको अनुसन्धानले उजागर गरेको छ ।

अनुसन्धान प्रतिवेदनमा अभिभावकहरूद्वारा सुझाइएका डिजिटल सुरक्षासम्बन्धी शिक्षा तथा प्राविधिक समाधानका उपायहरू पनि समेटिएका छन् ।

अध्ययनका अनुसार ७३ प्रतिशत अभिभावकले अहिलेसम्म कुनै पनि अभिभावकीय संयन्त्र प्रयोग नगरेको पाइयो । त्यसैले, ७० प्रतिशत अभिभावकले बाल साइबर सुरक्षा विज्ञद्वारा सञ्चालन गरिने प्रत्यक्ष सचेतनामूलक कार्यक्रमहरू प्रभावकारी हुने धारणा राखे भने ३१ प्रतिशतले भिडियो, एप्स, अनलाइन कोर्स, वेबसाइट वा पम्प्लेट र पुस्तिकाजस्ता मुद्रित सामग्री प्रभावकारी हुने जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे