मानसिक सन्तुलन गुमाएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सर्लाहीवासी त्रसित

सर्लाही । सर्लाही यतिबेला कोरोना सक्रमणको उच्च जोखिममा छ । सर्लाहीमा हालसम्म दुई जनामा कोरोना सक्रमणको पुष्टि भएको छ । हिजो मंगलवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पिसिआर प्रविधि परिक्षणमा सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं. ३ धनकौलका ४५ वर्षिय एक मानसिक सन्तुलन गुमाएका व्यक्तिमा कोरोना सक्रमणको पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

कोरोना संक्रमण देखिएका ति पुरुषको जनकपुरबाट नै स्वाब संकलन गरी प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर प्रविधिमा स्वाब परिक्षण गरिएको थियो । प्रादेशिक अस्पतालमा ति व्यक्तिको कोरोना संक्रमण नेगेटिभ आएको थियो । तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमार्डौ पठाउँदा कोरोना सक्रमण पोजेटिभ देखिएको प्रजिअ जिसीले बताए । कोरोना संक्रमण पुष्टि भएलगतै संक्रमित व्यक्तिको परिवारमा रहेका पाँच जनालाई क्वारेन्टाइनमा राखिएको र उनिहरुको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर जाँचको लागि पठाइने प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।

संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको ट्रयाकिङ्ग गर्ने कार्य भइरहेको प्रजिअ जिसीले बताए । संक्रमित व्यक्ति फेला परिसकेपछि मंगलवार पुरै राति जिल्ला विपद व्यवस्थापन समितिका टिमहरु मिली स्थलगत निरीक्षणसमेत गरी उचित व्यवस्थापन गरी सदरमुकाम फर्केको प्रजिअ जिसीले जानकारी दिए । सर्लाहीमा नयाँ संक्रमित व्यक्तिको मानसिक सन्तुलन बिग्रिएकोले एक ठाउँबाट अर्को ठाउँमा आउने जाने कार्य गरेको हुदाँ कतैबाट संक्रमित भएको अनुमान गरिएको धनकौलका स्थानीयहरुको अनुमान छ ।

त्यस्तै केही दिन पहिला धनकौल गाउँपालिकामा पनि दिल्लीबाट आएका एक १४ वर्षीय बालकमा कोरोना सक्रमण देखिएको थियो । संक्रमित बालक निको भएर घरसमेत फर्किसकेका छन । दुईजना कोरोना संक्रमित भएसँगै सर्लाहीवासी यतिबेला त्रसितसमेत भएका छन । जिल्लालाई लकडाउन गरिए पनि स्थानीयहरु लकडाउन अवज्ञा गर्दै सर्लाहीमा हाट, बजार लगाउने र बजार लगाउँदा पनि समाजिक दुरीको ख्यालै नगरी बजारमा भिडभाड गरिदिने भएको हुदाँ सर्लाही कोरोना भाईरसको उच्च जोखिममा रहेको नागरिक समाजहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ