धनगढीमा १२ वर्षपछिको कीर्तिमानी वर्षा

धनगढी । धनगढीमा १२ वर्षपछिको सबैभन्दा ठूलो वर्षा भएको छ । २ साउन २०७० पछिको सबैभन्दा ठूलो वर्षा गत १६ असारमा भएको हो । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले १६ असार २०८२१२ वर्षयताकै सबैभन्दा बढी बर्षा भएको जनाएको छ ।

वेसिन कार्यालयका प्रमुख सञ्जयकुमार साहले धनगढी र आसपासका क्षेत्रमा २०६० सालयता चारपटक ठूलो वर्षा भएको बताए । उनले भने, ‘२ भदौ २०६० मा धनगढी र आसपासका क्षेत्रमा २ सय ६५ मिलिमिटर पानी परेको थियो भने २ भदौ २०६६ मा २ सय ६९ दशमलव ४ मिलिमिटर पानी परेको थियो ।’ प्रमुख साहले ४ साउन २०७० मा २ सय ९० दशमलव ९ मिलिमिटर पानी परेको तथा १२ वर्षपछि यही १६ असारमा २ सय १२ मिलिमिटर वर्षा भएको बताए । यो तथ्यांक २४ घण्टाभित्र भएको वर्षाको आधारमा रेकर्ड गरिएको साहले बताए ।

२०६० सालमा भारी वर्षा भएको ६ वर्षपछि अर्थात् २ भदौ २०६६ मा धनगढीमा ठूलो वर्षा भएको इतिहास छ भने २०६६ पछि ४ साउन २०७० मा ४ वर्षपछि भारी वर्षा भएको तथ्यांक छ । यस वर्ष भने १२ वर्षपछि मनसुनको सुरुवाती दिनमै धनगढी र आसपासको क्षेत्रमा भारी वर्षा भएको रेकर्ड गरिएको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,519 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ