विजयनगरका सात वडामा एक आवाज: सफा गाउँ, जिम्मेवार नागरिक

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले सार्वजनिक सरसफाइलाई व्यवहारमा उतार्न कडा कदम चाल्दै, शौचालय प्रयोग नगर्ने, नाली थुन्ने, बाटोमा फोहोर फाल्ने, चौपाया सडकमा छाड्ने लगायतको नियम उल्लंघन गर्ने १९७ घरधुरीमाथि ४ लाख ९६ हजार रुपैयाँ बराबरको जरिवाना तोकेको छ।

गाउँपालिकाले सञ्चालन गरेको पूर्ण सरसफाइ अभियान अन्तर्गत पहिलो चरणमा जरिवाना लगाइएका यी घरधुरीहरुलाई ‘सचेत नागरिक परिचयपत्र’ वितरण गरी प्रत्येक घरधुरीलाई सात बुँदे प्रतिबद्धता गराइएको छ।

सात बुँदे प्रतिबद्धता:
घर अगाडि सफा राख्ने
नाली खुला राख्ने
अनिवार्य शौचालय प्रयोग गर्ने
चौपाया सडकमा नछाड्ने
फोहोर जिम्मेवार तरिकाले व्यवस्थापन गर्ने
सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने
सामाजिक सद्भाव कायम राख्ने

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले भने, “अघिल्ला वर्षहरूमा चेतावनी दिइरहँदा पनि प्रभाव नपरेको अनुभव भयो। यसपालि जरिवाना गरेरै भए पनि नियम पालन गराउने योजना हो।” खानेपानी तथा सरसफाइ शाखा प्रमुख अर्जुन बेल्बासेका अनुसार, प्रहरी, जनप्रतिनिधि र समाजसेवीको टोलीले सातै वडामा अनुगमन गरी २ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्दै आएको छ।

कार्यपालिका बैठकले असार मसान्तसम्म जरिवाना तिर्नेलाई ५० प्रतिशत छुटको व्यवस्था पनि गरेको छ। प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले यो छुटले नागरिकमा सुधार र सचेतना आउन मद्दत गर्ने बताए। विजयनगर गाउँपालिकाले सरसफाइलाई नारा मात्रै होइन, व्यवहारमा उतार्ने दृढ सङ्कल्प गर्दै यो अभियान निरन्तर चलाउने जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान् वडा सदस्यमै पराजित