एलन मस्कले घोषणा गरे नयाँ दल, नाम राखे ‘अमेरिका पार्टी’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । मस्कले ‘अमेरिका पार्टी’ स्थापना गरेका घोषणा गरेका हुन् । मस्कले यो जानकारी सोसल मिडिया प्लेटफर्म एक्समार्फत् दिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मक्सले स्थापना गरेको ‘अमेरिका पार्टी’ औपचारिक रुपमा दर्ता भइसकेको छ कि छैन भन्ने जानकारी मस्कले दिएका छैनन् । पार्टीको स्वरुप र पार्टीको नेतृत्व’bout पनि स्पष्ट भइसकेको छैन ।

यद्यपि मस्कको नयाँ पार्टीले अमेरिकाको द्विपक्षीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौति दिने बताएका छन् । उनले रिपब्लिकन र डेमोक्र्याटका दुई पार्टीको प्रणालीमा चुनौतीको रूपमा अघि बढाएका छन्।

सन् २०२४ को निर्वाचनमा ट्रम्पका लागि अर्बौं डलर खर्च गरेका मस्कले ट्रम्प प्रशासनमा ‘सरकारी दक्षता विभाग’(डज) को प्रमुख भएर काम गरेका थिए । त्यसको उद्देश्य नै खर्च कटौती थियो । तर, बिग ब्युटिफुल बिल मा खर्च वृद्धिका व्यवस्था भएपछि उनी र ट्रम्पबीच विवाद बढेको बताइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीमा नेकपाले एमाले नेतृत्वको सरकार नमान्ने, अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने