वनजंगल सारा प्राणीजगत्को साझा सम्पत्ति हो । यसबिना कुनै पनि प्राणीको अस्तित्व सम्भव छैन । विश्वमा वनजंगलले व्याप्त क्षेत्र समान छैन । यसको कुल क्षेत्रको आधा हिस्सा केबल पाँच देश अर्थात् चीन, ब्राजिल, संयुक्त राज्य अमेरिका, क्यानडा र रुसमा रहेको छ । बाँकी क्षेत्र अन्य देशमा पर्छ । यथार्थतः जैविक विविधता संरक्षण र पारिस्थितिक प्रणाली सुचारु रूपले कायम गर्न वनजंगलले महŒवपूर्ण भूमिका खेल्छ । यसबाहेक यसले हरित गृह ग्याँस उत्सर्जन कम गर्न र सम्पूर्ण प्राणीलाई जिउन सघाउँछ । साधारणतया एक व्यक्तिलाई प्रतिदिन ५ सय ५० लिटर अक्सिजन चाहिन्छ । बजार मूल्य प्रतिलिटर हजारका दरले एक व्यक्तिलाई प्रतिदिन ५ लाख ५० हजार रुपैयाँबराबरको अक्सिजन आवश्यक पर्छ । यसबाहेक एउटा रूखले प्रत्येक वर्ष सञ्चित गरेको सरदर ९६ टनसम्म भूमिगत पानी वाष्पीकरणमार्फत वायुमण्डलमा रहन सघाउ पु¥याउँछ ।
वस्तुतः मानव स्वास्थ्य तथा पर्यावरण संरक्षणमा रूखबिरुवाको योगदान अतुलनीय हुन्छ । एउटा परिपक्व रूखले ५० वर्षमा फल तथा सौन्दर्यबाहेक अक्सिजन उत्सर्जन, वायु प्रदूषण न्यूनीकरण, बाढीपहिरो नियन्त्रण, माटोको उर्वराशक्ति अभिवृद्धि, जलीय चक्रप्रवाहमा सघाउलगायत वन्यजन्तुलाई बासस्थान प्रदान गर्छ । एउटा वयस्क स्वस्थ रूखको अक्सिजन उत्पादन क्षमता वार्षिक १ सय ३ लिटरसम्म हुन्छ, जसबाट कुनै पनि व्यक्तिको श्वासप्रश्वासमा मद्दत पुग्छ । यसबाहेक एक रूखले वायुमण्डलबाट वार्षिक २२ केजी कार्बनडाईअक्साइड ग्यास अवशोषण गर्छ, जसबाट सम्पूर्ण मानव जातिलाई फाइदा हुन्छ ।
नेपालको अन्दाजी ८७ प्रतिशत भूभाग पहाडले ढाकेको छ । यहाँ बाढीपहिरोका कारण करिब ६० प्रतिशत जनता जोखिम अवस्थामा छन् । वास्तवमा प्राकृतिक प्रकोप नियन्त्रण तथा न्यूनीकरणका लागि वनजंगल प्रवर्धन तथा संरक्षणले महŒवपूर्ण भूमिका खेल्न सक्छ । त्यति मात्र नभई वनजंगलबाट कार्बन बिक्री गरी आर्थिक समृद्धि पनि गर्न सकिन्छ । नेपालको कुल क्षेत्रफलको झन्डै ६६ लाख हेक्टर भूभाग वनक्षेत्रले ढाकेको छ । वन तथा वातावरण मन्त्रालयद्वारा प्रकाशित तथ्यांकअनुसार १ हेक्टर वनले १ सय ७६ दशमलव ९५ मेट्रिकटन कार्बन सञ्चित गर्छ । यसका आधारमा हिसाब गर्दा यहाँको वनबाट बर्सेनि कुल १ अर्ब १० करोड ८ लाख ७० हजार मेट्रिकटन कार्बन सञ्चित हुने अनुमान छ । जसको बिक्रीबाट प्रत्येक वर्ष धेरै राजस्व वृद्धि गर्न सकिन्छ ।
कार्बन भण्डारणको अनुपातिक सम्भावनाका हिसाबले दक्षिण एसियाका अन्य देशको तुलनामा नेपालको अवस्था प्रशंसनीय छ । त्यसैले, यहाँको वनजंगलबाट कार्बन व्यापार फस्टाउने प्रबल सम्भावना छ । हाल विश्वबजारमा विद्यमान मूल्यका आधारमा यहाँ प्रतिवर्ष झन्डै १ खर्बभन्दा बढीको कार्बन व्यापार गर्न सकिने अनुमान छ । यही कारण यस व्यापारलाई प्राथमिकता दिन सरकार तत्पर छ ।
विगतमा सरकारले यहाँको वनजंगलबाट झन्डै ३६ लाख मेट्रिक टन कार्बन उत्पादन गर्ने लक्ष्य लिएको थियो । जसमध्ये ५ लाख मेट्रिक टन सन् २०२२ सम्म विश्व बैंकमार्फत नर्वे र जर्मनीलाई बिक्री गर्ने सोचमा थियो । ७ लाख मेट्रिक टन बफरमा राखेर सरकारले बाँकी कार्बन अन्य इच्छुक देशहरूलाई बिक्री गर्ने नीति लिएको थियो । यसका लागि तत्कालीन सरकारले विश्व बैंकसँग कार्बन उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता गरेर व्यापारको चरणमा प्रवेश गरेको थियो । तर, वनजंगल संरक्षणबिना सो व्यापार लाभप्रद हुन सक्दैन ।
नेपालमा खोज अनुसन्धानबिना गरिने विकास निर्माण कार्य प्रत्युत्पादक भएका छन् । केही दशकअघि ‘हरियो वन नेपालको धन’ भन्ने उक्ति चर्चामा थियो । जसलाई आज सार्थक बनाउन आवश्यक छ । यसका लागि विश्व तापमान वृद्धिबाट उत्पन्न समस्या समाधानका लागि सरकारले हिँड्ने कछुवा गतिको पिछा गर्न सक्षम हुनुपर्छ, किनकि जंगलबिना मंगल हुँदैन, मानव र प्रकृतिको कल्याण पनि सम्भव हुँदैन । यसबाहेक सरोकारवाला वनजंगल संरक्षण तथा प्रवर्धनका लागि गम्भीर हुन जरुरी छ भने अध्ययन अनुसन्धानबिनाको विकास निर्माणकार्य रोकेर पर्यावरणमैत्री विकास प्रारूपलाई अवलम्बन गर्न उत्तिकै आवश्यक छ । केही दशकयता नेपालमा प्राकृतिक वनमाथि अत्यधिक चाप र दोहन भएको छ ।
हुन त, २०३५ सालदेखि सामुदायिक वन (पञ्चायती वन)मा लाखौं हेक्टर वृक्षरोपण भएको बुझिन्छ । यसबाहेक ७७ जिल्लामा विभिन्न प्रजातिका ३–४ लाख हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरेको पनि आधिकारिक तथ्यांक छ । यो वृक्षरोपण गरिएको क्षेत्रमा वैज्ञानिक वन वा दिगो वन व्यवस्थापन गर्दा प्राकृतिक वनमाथिको अध्यधिक चाप र दोहन घटाउन सकिन्छ । यति मात्र होइन, प्राकृतिक वनबाट सुकेका, ढलेका र कृत्रिम वनमा वैज्ञानिक तरिकाले वन व्यवस्थापन गरी यस देशका सम्पूर्ण उपभोक्तालाई आवश्यक पर्ने दाउरा सजिलैसँग पूर्ति गर्न सकिन्छ । यसका लागि सम्बन्धित व्यक्ति तथा संस्थाको ध्यान यथाशीघ्र आकृष्ट हुनुपरेको छ ।
एउटा परिपक्व रूखले ५० वर्षमा फल तथा सौन्दर्यबाहेक अक्सिजन उत्सर्जन, वायु प्रदूषण न्यूनीकरण, बाढीपहिरो नियन्त्रण, माटोको उर्वराशक्ति अभिवृद्धि, जलीय चक्रप्रवाहमा सघाउलगायत वन्यजन्तुलाई बासस्थान प्रदान गर्छ
नेपाल सरकारको पूर्ण स्वामिŒवमा रहेको वन पैदावार विकास समिति र नेपाल वन निगम लिमिटेड वन पैदावार उत्पादन तथा बिक्री वितरण गर्ने स्वायत्त संस्था हुन् । तर, हाल यिनीहरू अस्तित्वविहीनजस्तै भएका छन् । वन पैदावार विकास समितिअन्तर्गत तीनवटा वन विकास परियोजनासमेत अस्तित्वमा छन् । जसमध्ये सागरनाथ वन विकास परियोजना र रतुवामाई वन विकास परियोजना आंशिक रूपमा सक्रिय छन् ।
नेपालगन्ज वन विकास परियोजना भने हाल निष्क्रिय छ । यी परियोजना सक्रिय बनाउनसके भविष्यमा यहाँका वनजंगल संरक्षणमा केही योगदान पुगी कार्बन व्यापार वृद्धि गर्न सकिन्छ । जसबाट यहाँको आर्थिक समृद्धिमा केही योगदान पुग्ने नकार्न सकिँदैन । त्यसो त, वनजंगलबाट कार्बन व्यापार वृद्धि गर्न त्यति सहज छैन । किनकि, जलवायु परिवर्तनबाट परिरहेका र पर्नसक्ने नकारात्मक प्रभावसम्बन्धी अध्ययन न्यून भएकाले ‘कुन भौगोलिक क्षेत्रमा कस्तो प्रकारको र कति परिमाणमा के–कस्ता प्रभाव परेका छन् ?’ आजसम्म पनि उपयुक्त परिपाटीबाट पहिचान गर्न सकिएको छैन । यसबाहेक जलवायु परिवर्तनका कारण सम्पूर्ण वनजंगलमा परेको प्रतिकूल प्रभावको विस्तृत लेखाजोखा गर्न सकिएको छैन ।
जलवायु परिवर्तनका कारण हिमालको तापक्रम दिन प्रतिदिन बढिरहेको छ । जसको नकारात्मक प्रभाव तराईदेखि पहाड र हिमालसम्मका वनजंगमा परेको छ । एकातिर हिमताल विस्फोटनले हिमाली वातावरणको विनाश गरेको छ भने मनाङजस्तो हिमाली जिल्ला मात्र नभएर ताप्लेजुङजस्तो विकट जिल्लामा अवस्थित पाथिभराको वनमा लागेको डढेलोले उत्तिकै विनाश गरेको छ ।
यस्तो विनाशले एकातिर नेपालको कार्बन व्यापारबाट आशा गरेअनुरूप आयआर्जन गर्न सकिँदैन भने अर्कोतिर सो व्यापारका लागि सम्झौता गरेअनुसार वनजंगलबाट कार्बन उत्सर्जन गर्न नसकेमा सम्बन्धित विश्व संगठनलाई हर्जाना तिर्नुपर्नेछ । त्यसैले, सम्झौताअनुसार काम गर्न नितान्त आवश्यक छ ।
नेपालमा पर्यटन उद्योगको अथाह सम्भावना छ । यसको विकासका लागि वनजंगलले महŒवपूर्ण भूमिका खेल्ने हुनाले आगामी दिन यसको संरक्षणमा उपयुक्त ध्यान दिन आवश्यक छ । हाल नेपालमा झन्डै २२ हजार सामुदायिक वन उपभोक्ता समूहलगायत ३० हजारभन्दा समुदायमा आधारित वन समूह छन् । यसबाहेक यहाँ केही कृषक समूह छन्, जसलाई जडीबुटी तथा सुगन्धित वनस्पति खेती गराई व्यवसायीकरण गर्नसके एकातिर वन संरक्षण गर्न धेरै टेवा पुग्नेछ भने अर्कोतिर स्थानीय जनतालाई आयआर्जन अभिवृद्धि गरी जीविकोपार्जन गर्न पनि केही सघाउ पुग्नेछ । हाल जडीबुटी तथा सम्बन्धित वनस्पति, कच्चा पदार्थका रूपमा निर्यात गरिन्छ ।
भविष्यमा यिनीहरूलाई प्रशोधन गरी निकासी गर्नसके बढी आयआर्जन गर्न सकिन्छ । जसबाट यहाँको अर्थतन्त्रमा समेत केही योगदान पुग्नेछ । वस्तुतः वनजंगल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानव जीवनसँग अन्तरसम्बन्धित छ । त्यसैले, यसको प्रवर्धन तथा संवर्धनका लागि यसमा जडिबुटी तथा सुगन्धित वनस्पति खेती गरेर यिनीहरूको संकलन, प्रशोधन, भण्डारण र बजारीकरण शृंखलालाई प्रविधिमैत्री बनाउन जरुरी छ । यसका लागि सम्बन्धित पक्षको ध्यानाकृष्ट होस् ।
पृथ्वीमा बसोबास गरिने जमिन, यहाँ रहने जैविक तथा अजैविक प्राकृतिक अवयव, जल तथा जलाशयमा बस्ने जीवजन्तु र तिनीहरूको पारस्परिक सम्बन्ध नै वातावरण हो । जसका कारण सम्पूर्ण प्राणी, वनस्पति र सूक्ष्म जीवको अस्तित्व रहन्छ ।
वनजंगल वातावरणको आधार हो । यसले मानवजातिका लागि अत्यावश्यक खाद्य पदार्थ, पानी, इन्धन, औषधीय वस्तु आदि निरन्तर उपलब्ध गराउन मद्दत गर्छ । हालसम्म पनि विकासशील देशका ग्रामीण क्षेत्रमा बसोबास गर्ने झन्डै ८० प्रतिशत व्यक्ति प्राथमिक स्वास्थ्योपचारका लागि परम्परागत विरुवाजन्य औषधिमा निर्भर छन् । जुन वनजंगलमा पाइन्छ ।
साधारणतः मानव, पशुपक्षी, खोलानाला, प्राकृतिक सम्पदा र जलवायुको संयोजनबाट वातावरण सिर्जना हुन्छ । जुन सन्तुलन वा असन्तुलन गर्ने काम मानवबाट हुन्छ । मूलतः समृद्ध जीवनयापन गर्न आर्थिक तथा भौतिक विकिास गर्नुपर्छ । जुन मानवीय विकासको शाश्वत नियम हो ।
तर, हाल विश्वका धेरैजसो देशमा भइरहेको सहरीकरण, उद्योग तीव्र स्थापना र विज्ञानको चमत्कारका कारण प्राकृतिक वातावरण दिनदिनै प्रदूषित भइरहेको छ । फलतः अथाह प्राकृतिक सम्पदा भएका विकसित देशमा वातावरणीय विनाश तीव्र रूपले भइरहेको छ भने विकासशील तथा अति कम विकसित राष्ट्रमा ती सम्पदा सही परिचालन गर्न सकिएको छैन ।
बढ्दो वातावरणीय विनाशका कारण यस विश्वका ८० लाख बोटबिरुवा तथा जीवजन्तुका प्रजाति लोप हुने अवस्थामा छन् । यसको रोकथाम तथा न्यूनीकरणका लागि वनजंगल प्रवर्धन तथा संवर्धन गर्न अत्यन्त जरुरी छ । प्रकृतिले विभिन्न जाति तथा प्रजातिबीचको अन्तक्र्रिया एवं अन्तरसम्बन्ध कायम गर्छ । जुन परिस्थितिकीय प्रणालीअन्तर्गत पर्छ । यसले निरन्तर रूपले वातावरणीय सेवा प्रदान गर्ने हुनाले मानवजीवनका लागि अति उपयोगी छ । आज जलवायु परिवर्तन एक विश्वव्यापी समस्या भएको छ । वास्तवमा परिस्थितिकीय प्रणाली सन्तुलित गर्न सके मात्र यसले जलवायु परिवर्तनको दुष्प्रभाव न्यून गरी मानवजातिको जीविकोपार्जनमा सघाउ पु¥याउँछ । यसका लागि वनजंगल प्रवर्धन तथा संवर्धन गर्न अति आवश्यक छ ।
वन्यजन्तु तथा चराचुरुंगी नेपालका अमूल्य सम्पत्ति हुन् । वनजंगलबिना यिनीहरूको अस्तित्व सम्भव छैन । हावापानी र भूबनोटका कारण नेपालका हिमाली, पहाडी र तराईका वनजंगलमा विभिन्न वन्यजन्तु तथा चराचुरुंगी पाइन्छन् । यी क्षेत्रमा राष्ट्रिय निकुञ्ज स्थापनापछि वन्यजन्तु तथा चराचुरुंगी संरक्षणमा सघाउ पुगेको छ । हाल नेपालमा १२ राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, ६ वटा संरक्षण क्षेत्र र केही बफर जोन छन् । यिनीहरूमा गैंडा, बाघ, सिंहलगायत विश्वमा दुर्लभ पशुपक्षी पाइन्छन् । राष्ट्रिय निकुञ्ज स्थापनाका कारण नेपालका केही ठाउँमा वन्यजन्तु संख्या बढेको छ । उदाहरणका लागि चितवनमा गैंडा र बर्दियामा बाघ संख्या उल्लेख्य बढेको छ ।
पशुपक्षी अवलोकनका लागि नेपालमा प्रत्येक वर्ष धेरै पर्यटक आउँछन् । यसबाट यहाँको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ । वनजंगल संरक्षण भनेको पशुपक्षी संरक्षण गर्नु हो । त्यसैले, यसको संरक्षण गर्न नितान्त आवश्यक छ । वन्यजन्तु तथा चराचुरुंगी जैविक तथा आर्थिक दृष्टिकोणबाट मात्र महŒवपूर्ण नभई वातावरण सन्तुलन गर्न पनि महŒवपूर्ण मानिन्छ । तसर्थ, यिनीहरूको संवर्धन तथा प्रवर्धन नितान्त आवश्यक बनेको छ
[email protected]