राजविराजमा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

सप्तरी युथ नेपालको आयोजना तथा राजविराज नगरपालिकाको सहयोगमा यहाँ सञ्चालित मेयर कप ब्याडमिन्टन प्रतियोगिता आईतबार सम्पन्न भएको छ ।

प्रतियोगिताको समूह ‘ए’ तथा ‘बी’ तर्फ क्रमशः हिरानन्द झा–उमेश गुप्ता र कर्ण बहादुर लिम्बु–महाकान्त चौधरीको जोडिले उपाधी हात पार्न सफल भएका छन् ।

राजविराज नगरपालिका–९ स्थित कभर्डहलमा आयोजित दुई दिने प्रतियोगिता समूह ‘ए’ तर्फ २४ जोडि र समूह ‘बी’ तर्फ २१ जोडिको सहभागिता रहेको थियो ।

समूह ‘ए’ अन्तर्गतको फाइनल खेलमा हिरानन्द झा र उमेश गुप्ताको जोडिले दीपक गुप्ता र बुद्ध सागर चौधरीको जोडिलाई सोझो सेटमा २१–११ र २१–१९ अंकको अन्तरले पराजित गर्दै उपाधि जितेका छन् ।

त्यस्तै, समूह ‘बी’ तर्फको फाइनल खेलमा कर्ण बहादुर लिम्बु र महाकान्त चौधरीको जोडिले सुनिल परियार र सत्यनारायण चौधरीलाई सोझो सेटमा २५–२३ र २१–१२ अंकको अन्तरले जित हात पार्दै च्याम्पियन बने ।

दुवै समूहमा तेस्रो स्थान दुई–दुई जोडिलाई प्रदान गरिएको थियो । समूह ‘ए’ मा उदयबीर नेपाली–रामकुमार देव र दिनेश यादव – पदम बुढाथोकीको जोडिले तेस्रो स्थान हात पारे भने समूह ‘बी’ मा सरोज तामाङ – नवीन चौधरी र रुद्र खड्का – अजय चौधरी तेस्रो स्थानमा रहे ।

प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु. २० हजार द्वितीय हुनेलाई १० हजार तथा तृतीय हुने खेलाडीलाई नगद पाँच हजार सहित ट्रफी र र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको समापन समारोहमा कार्यवाहक नगरप्रमुख ईसरत प्रविण, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, न्यायाधीश दीपक दाहाल, सप्तरी युथ नेपालका अध्यक्ष मोहन यादव, वडा अध्यक्ष अरुण यादव, र जयनारायण मण्डल लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको होः चिनियाँ विदेश मन्त्रालय