टेलिकमको नयाँ अफर

काठमाडौं । नेपाल टेलिकमले निरन्तर रूपमा ग्राहकको सन्तुष्टि र चाहनालाई प्राथमिकता दिँदै समयसापेक्ष रूपमा प्याकेज तथा अफरहरू प्रदान गर्ने गरेको छ ।

ग्राहक सेवामा समर्पित भन्ने नारालाई आत्मसात गर्दै विभिन्न माध्यमबाट प्राप्त भएका ग्राहकका प्रतिक्रिया र सुझावका साथै सेवाको प्रयोग शैलीलाई समेत मध्यनजर गर्दै कम्पनीले बिहीबारदेखि लागू हुनेगरी मनसुन अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरू उपलब्ध गराउने भएको छ ।

यस अफरअन्तर्गत विभिन्न सुविधासहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइनेछ । विशेषगरी, शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिका लागि बोनससहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६ सय ९९ र ७ सय ९९ प्याकेज ३० प्रतिशत छुटमा समेत उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

टेलिकमले दैनिक बढ्दै गइरहेको सञ्चार तथा सूचना प्रविधिको महŒवलाई ध्यानमा राखी नवीनतम सेवाहरू उपभोक्ता माझ विस्तार गर्दै जाने क्रममा आफ्ना ग्राहकको डिजिटल आवश्यकता र सुलभ दरमा सो आवश्यकता पूरा गर्ने चाहनासमेतलाई सम्बोधन गर्न प्याकेजहरू ल्याउने सो कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 396 times, 1 visits today)

epaper

ताजा समाचार

सम्भव छ, सय अर्ब डलरको अर्थतन्त्र ?