गुरु पूर्णिमामा संगीत गुरु आचार्य सम्मानित

काठमाडौं । गुरु पूर्णिमाको अवसर पारेर बिहीबार काठमाडौँमा एक समारोहबिच अग्रज शास्त्रीय संगीतकार संगीत प्रवीण श्रीराम आचार्यलाई सम्मानित गरिएको छ ।

राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालको महिला विभागले उनलाई सम्मान गरेको हो । कार्यक्रममा नेपालका एमालेका स्थायी समिति सदस्य भानुभक्त ढकाल र शान्ता मानवीले आचार्यलाई सम्मान प्रदान गरे ।

सो महासंघको महिला विभागकी अध्यक्ष एवम् अग्रज चित्रकार सुषमा राजभण्डारीले आचार्यद्वारा राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालमा एक दशक भन्दा लामो समय विभिन्न कलाकारहरूलाई शास्त्रीय गायनको प्रशिक्षण दिएर योगदान पु-याएका कारण सो सम्मान प्रदान गरिएको बताइन् । नेपाली संगीतमा आठ वटा पुस्तक बजारमा ल्याएका आचार्यको योगदानको पनि उनले चर्चा गरिन् ।

सोही समारोहमा चित्रकला विधामा अध्ययनरत विभिन्न विद्यार्थीहरूलाई पनि महासंघका तर्फबाट छात्रवृत्ति प्रदान गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता भानुभक्त ढकालले गुरुहरूलाई सम्झेर उहाँहरूको योगदानको कदर स्वरूप सम्मान गर्नु सराहनीय कार्य भएको बताए । नेपाली शास्त्रीय तथा अन्य संगीतमा श्रीराम आचार्यको योगदान अतुलनीय रहेको पनि उनले प्रकाश पारे ।

सो सम्मान कार्यक्रम पछि वृत्तचित्र डरका आँसुहरू पनि कार्यक्रममा प्रदर्शन गरियो । सवनम मुखिया निर्देशित यो वृत्तचित्रमा बली प्रथाका कारण जनावर प्रति हुने हिंसाको कथा प्रस्तुत गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ