बर्दिया । पत्रकारिताको माध्यमबाट नेपाली भाषा,साहित्य तथा शिक्षा महत्वपूर्ण योगदान पुर्याएवापत बर्दिया स्थित राजधानी संवाददाता सुदीप अधिकारी सम्मानित भएका छन् । आइतबार २१२ औँ भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा अधिकारी सम्मानित भएका हुन् ।
नेपाली भाषा, साहित्य तथा शिक्षा क्षेत्रका सावलमा उत्कृष्ट समाचार सम्पे्रषण गरी महत्वपूर्ण योगदान पुर्याएवापत ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानले बर्दिया स्थित राजधानी संवाददाता राजधानीकर्मी अधिकारीलाई सम्मानित गरेको हो ।
भानु जयन्तीका अवसरमा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल, उपप्रमुख विनाकुमारी भट्राई प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौड्यालले संयुक्त रुपमा सम्मान पत्रसहित अधिकारीलाई सम्मान गरेका हुन् । राजधानीकर्मी अधिकारीले विगत १५ वर्षदेखि नेपाली भाषा, साहित्य तथा शिक्षा कलम चलाउँदै आएका छन् ।
यसैगरी कार्यक्रममा उज्यालो नेटवर्कका बर्दिया संवाददाता भावुक योगी, अन्नपूर्ण दैनिकका शंकरप्रसाद आचार्य र वरिष्ठ पत्रकार राजेन्द्रप्रसाद धिताल पनि सम्मानित भएका छन् ।






