अब बाँचिने भो सरकार !

दैलेख । ठाटीकाँध गाउँपालिका १,२ र ६ का असिनापिडित परिवारले राहत पाएका छन् । मंगलबार तीनवटै वडाका ५७ घरधुरीले राहत पाएका हुन् ।

वैशाख २७ मा राजधानी दैनिकमा ‘राहतको आशमा स्थानीबासी’ शीर्षकको समाचार प्रकाशित भएपछि असिनापिडित परिवारलाई राहत जुटेको थियो । राजधानी दैनिकको समाचार पढेर ‘स्टोरिज अफ नेपाल’ बाट असिना पिडित परिवारलाई ७५ हजार २४० रुपैयाँको राहत रकम प्राप्त भएको हो । राजधानी दैनिक दैलेखका संवादाताको समन्वयनमा ठाटीकाँध गाउँपालिका मार्फत असिनापिडित ५७ घरधुरीलाईलाई वितरण गरिएको हो ।

गाउँपालिकाका १ २ र ६ वडाका ५७ घरधुरीलाई १५ किलो चामल,२ किलो दाल,१ लिटर तेल,१ पोका नुन,२ वटा सावुन वितरण गरिएको हो । तीनवटै वडाका विपन्न,एकल महिला,दलित,अपांङ्ग परिवारलाई राहत दिइएको हो । तीनवटै वडाअध्यक्षले वडाकार्यालयको वैठक बसी विपन्न,दलित,अपांङ्ग परिवारको छनौट गरिएको ठाटीकाँध गाउँपालिका –६ का वडाअध्यक्ष मनबहादुर सिजापति बताए ।

राहत पाएका सबैको आर्थिक अवस्था दयनीय छ । स्टोरिज अफ नेपालले विगतदेखी सिन्धुली काठमाण्डौ, दोलखा,भक्तपुर मुगु जिल्लामा यस्तै सहयोग गरेको थियो ।

स्टोरिज अफ नेपालले वितरण गरेको राहतसँगै गाउँपालिकाले पनि १५ किलो चामल,३ किलो दाल र १ पोका नुन,त्यसै राहतमा थप गरेर ३० किलो चामल,५ किलो दालर २ पोका नुन पाएको कर्मचारी पदमबहादुर बमले जानकारी दिए । ‘विश्वव्यापी फैलिएको कोरोना भाईरस (कोभिड –१९) संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनमा ज्याला मजदुरी गरेर जीवन पाल्ने,विपन्न दलित एकल महिलालाई गुजारा गर्न सजिलो होस भनेर थप गरेका हौ’ उनले थपे ।

२०७५ चैत्र २२ र २४ मा परेको असिनापानी तीनवटा वडाका २ हजार ७ सय घरधुरी गहुँबाली नष्ट भएको थियो । प्रदेश सरकारले दिएको ४० लाख रकम वितरण भईसकेको छ । ‘गाउँपालिकाले आर्थिक बर्ष २०७६÷०७७ विनियोजन गरेको १ करोड २३ लाख ४ सय १२ रुपैयाँ मध्ये वडानं १ को जनताले खातामा जम्मा भईसकेको छ,’ उनले थपे ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा हमाल अग्रता बढाउदै