कास्की । पोखरा महानगरपालिका–२५ हेम्जास्थित च्यायाखले खोलाको ड्याममा डुवेका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । सोही महानगरपालिकाको म्यागदीचोक बस्ने २० वर्षिय संजय गोतामे साउन ११ गते दिउँसो करीव १ बजे पौडी खेल्ने क्रममा उक्त खोलाको ड्याममा डुवेर बेपत्ता भएका थिए ।
सो ’bout जिल्ला प्रहरी कार्यालय कास्कीले सशस्त्र प्रहरी बल नेपाल नं कालिका गण कास्कीलाई जानकारी गराएपश्चात उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा गोताखोरसहितको टोली खटिएको थियो ।
सो टोलीले खोजीकार्य गर्ने क्रममा दिउँसो साढे दुई बजे करीव १८ फिट गहिराईबाट उनको शव निकालेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)
सम्बन्धित समाचार
पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध
गण्डकी प्रदेशमा सर्पदंशका विरामी वृद्धि
बोहराको हत्यारा निटकका साथीवाट भएको प्रहरीको भनाइ
मनसुनमा घुम्ने रहर
अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट
रुपा गाउँपालिकाको कृषि तथा पशु सेवा शाखा भवन उद्घाटन
पहिरोका कारण अवरूद्ध कालीगण्डकी करिडोरमा आठ दिनपछि यातायात सेवा सञ्चालन
हिँड्दा हिँडदै अमेरिकी नागरिकको मृत्यु






