सिन्धुली । बुधबार बसेको जिल्लास्तरीय सर्वदलीय सर्वपक्षिय वैठकले छिमेकी जिल्लाबाट सिन्धुलीमा हुने आवागमनलाई पूर्ण रुपमा निरुत्साहित गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले आवागमनलाई रोक्नका लागि सुरक्षाकर्मी तथा स्थानीय तहबाट पहल गर्ने निर्णय गरेको हो । जसका लागि सिमा नाकामा कडाई गरिएको छ ।
यस्तै बैठकले जिल्लामा आरडिटी किट्स र भिटिएम किट्स (स्वाव संकलन गर्ने किट्स) लगायत स्वास्थ्य सामग्रीको अभाव भएकाले आपूर्तिका लागि सम्बन्धित निकायसँग पहल गर्ने निर्णय गरेको छ ।
बैठकले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि प्रत्येक पालिकाका टोल टोलमा ५ जनाको स्वयम सेवक टिम परिचालन गर्ने भएको छ । जसको परिचालन स्थानीय तहबाट हुनेछ । टिमले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण र सचेनामा काम गर्ने भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)






