कोरोना संक्रमितले खाना खाएको घर र टोल सिल गरियो

सिन्धुली । काठमानैमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी महिलाले खाना खाएको आफन्तको घर सहित ५ घर स्थानीय प्रशासनले सिल गरेको छ । कमलामाई नगरपालिका वडा नं. ९ भिमानका ५ घर सिल गरेको हो । बुधबार महिलाको ट्राभल हिस्ट्रीमा उनी आफन्तकोमा खाना खाएको खुल्न आएपछि स्थानीय प्रशासनलाई जानकारी आएको थियो ।

कोरोना संक्रमित महिलाका आफन्त र त्यसको आसपासको घर स्थानीय प्रशासनले सिल गरि १९ जनालाई घर बाहिर ननिस्कन र होम क्वारेन्टाईनमा बस्न अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी सहित गएको टोली नै भिमानमा पुगि ती महिलाका आफन्त र छिमेकीलाई घर बाहिर ननिस्कन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए । उक्त स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यस्तै वडा नं. ९ मा रहेको भिमान बजारमा अत्यावश्यक बाहेकका अन्य पसल नखोल्न र सिल गरिएका घरमा आवतजावत गर्न रोक समेत लगाईएको छ । सुनसरीबाट काठमान्डौ गएकी ति महिलाले सोमबार आफन्तको घरमा खाना खाएर करिब आधा घण्टा भिमानमा समय विताएकी थिईन । उनीहरुलाई डब्लुएचओको मापदण्ड अनुसार घरमै राखिने छ र केहि दिनमा पिसिआर परिक्षण गर्नका पठाईने छ ।

तपाइको प्रतिक्रिया
(Visited 264 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ