मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको सम्बन्धमा पछिल्लो समय केही सुधार आएको छ । दुवैले एक अर्काको ’boutमा सकारात्मक कुरा भन्न थालेका छन् । त्यसो त धेरै वटा चलचित्रमा सँगै काम गरेका यी जोडी पछिल्लो समय चलचित्रमा सँगै देखिएका छैनन् ।
त्यसो त पहिला पनि अभिषेकसँग एउटा चलचित्रमा काम गर्न ऐश्वर्याले अस्वीकार गरेकी थिइन् । यो कुरा उनी आर्फैँले स्विकारेकी छिन् । ऐश्वर्याको भनाइमा एउटा चलचित्रमा अभिषेक बच्चन अनुबन्धित भएका थिए । ऐश्वर्यालाई पनि सो चलचित्रमा नायिकाको लागि प्रस्ताव आएको थियो । तर, उनले सो चलचित्रमा काम गर्न अस्वीकार गरिन् । त्यति बेला उनलाई चलचित्रमा अभिषेक बच्चनसँग जोडी बन्न मन परेका थिए ।
त्यो चलचित्र फराह खानको ह्याप्पी न्यु इयर भएको उनले खुलासा गरेकी छिन् । यो चलचित्रले रिलिज पछि अद्भुत व्यापार गरेको थियो । त्यति बेला भने यो चलचित्र छोडेकोमा ऐश्वर्यालाई पछुतो लागेको रहेछ ।
यो चलचित्रमा शाहरुख खान मुख्य भूमिकामा प्रस्तुत भएका थिए। यो चलचित्रमा सोनु सूद र बोमन इरानी पनि मुख्य भूमिकामा थिए । ऐश्वर्या रायलाई प्रस्ताव गरिएको भूमिकामा दीपिका पादुकोणलाई काम गराइयो ।
पछिल्लो समय ऐश्वर्यालाई चलचित्रमा आफ्नै श्रीमानसँग काम गर्दा सजिलो लाग्ने गरेको बताएकी छिन् । उनले आफ्नो श्रीमानको अगाडि अर्को स्टारसँग रोमान्स गर्दा केही अप्ठेरो लाग्ने गरेको कुरा स्विकार्छिन् ।
हाल, ऐश्वर्या राय कुनै पनि चलचित्रमा आबद्ध भएकी छैनन् । उनी राम्रो स्क्रिप्टको खोजीमा छिन् ।जबकि अभिषेक बच्चन निरन्तर एक पछि अर्को चलचित्रमा काम गरिरहेका छन् । अभिषेक बच्चनको पछिल्लो चलचित्र हाउसफुल ५ हालै रिलिज भएको थियो । जसमा उनको कामको दर्शकले प्रशंसा गरेका छन् ।






