दाङ । तुलसीपुरको शितलपुर घाट नजिकै एक युवक मृत फेला परेका छन् । मृतक तुलसीपुर उपमहानगरपालिका–१२ कचिला निवासी २१ वर्षीय किरण खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरक प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।
आइतबार साँझ शितलपुर घाटको छेउमा रहेको मलामी वृश्राम घरको प्राङ्गनमा युवकलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । युवकको शवलाई पोष्टमार्टमका लगि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।
मृतक युवक साउन ३ गते दिउँसो १२ बजे घरबाट निस्किएका थिए । घटना’bout प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)






