पाल्पाका १७ जना त्यागे नेपाली नागरिकता

पाल्पा । पछिल्लो समय पाल्पामा नेपाली नागरिकता त्याग्ने क्रम प्रत्येक वर्ष बढ्दै गएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले आयोजना गरेको गत आर्थिक वर्ष २०८–०८२ को प्रगति विवरण सार्वजनिक कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको विवरण अनुसार पाल्पामा गत आर्थिक वर्षमा १७ जना पाल्पाली नागरिकले नागरिकता त्याग गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले जानकारी दिए ।

यस्तै १२ जना नागरिकले वैवाहिक अङ्गीकृत नागरिकता पाउन सफल भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए । पाल्पा प्रशासनले गत आवमा १४ हजार ९०३ जनालाई वंशजको आधारमा नागरिक वितरण गरेको जनाएको छ ।

यस्तै वंशजको आधारमा नागरिकताको प्रतिलिपि पाँच हजार ३०६ वटा जारी गरेको हो । यसै गरी १७ वटा गैरआवासीय नागरिकताको प्रमाणपत्र जारी गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

epaper

ताजा समाचार

आत्मदाह प्रयास गरेका युवकको बाटोमै मृत्यु