क्वारेन्टाइनबाट युवती फरार

राजापुर । बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् । उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताए ।

काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन् । विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र छन् । तीमध्ये चार पुरुष र एक महिला थिए । निज युवती पाँच दिनअघि मात्र बाँकेबाट आएकी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 438 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान