काठमाडौँ । भन्थ्यौं आमा नेपालमा दु:ख छ, विदेशमा त पैसाको रुख छ । कालो बादल नीलो आकाशमा, गयौंँ आमा चढेर जहाजमा, फर्कियौँ बाकसमा । ‘परदेशी’ चलचित्रमा समेटिएको यो गीतले वैदेशिक रोजगारको सिलसिलामा दु:ख कष्ट र यातना पाएर अकालमै मृत्युवरण गर्न पुगेका तथा अंगभंग भएर दु:ख पीडा र बेदना यसरी पोखिएको छ– जुन दु:ख पीडा आम नेपालीको नियति जस्तै बनेको छ । यस्तै मध्यका एक हुन् धनसिंह शेर्मा।
धन कमाएर परिवारलाई खुसी दिने सपना बोकेर केहि वर्षा अघि मलेसिया पुगेका शेर्मा अहिले ह्वील चेयरको सहयोगमा नेपाल फर्किएका छन्। गत असार १६ गते मलेसियाको काजाङमा दुर्घटनामा परेका शेर्मालाई काजाङ अस्पतालमा भर्ना गरिएको थियो। अवैधानिक अवस्थामा रहेका शेर्मा १८ दिनको अस्पताल बसाई पश्चात डिस्चार्ज भएपछि उनका आफन्त पदम सिंह लिम्बूले थप उपचारको लागि क्रिस्टिना केयर होममा भर्ना गरेका थिए।
अब उनी गैरकानुनी अवस्थामा भएकाले नेपाल फर्काउन समस्या भयो। त्यसपछि क्वालालम्पुर स्थित नेपाली दूतावासका अधिकारीहरूले उनलाई त्यहाँको अध्यागमन विभागबाट चेक आउट मेमो प्राप्त गर्न सहयोग गरे। त्यसपछि उनलाई नेपाल फर्काउन पहल सुरु भयो। उनलाई साउन ९ गते नेपाल एयरलाइन्सको उडान मार्फद नेपाल फर्काइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका भाई मनबहादुर शेर्मासँग भावनात्मक पुनर्मिलन भएको गराउन सफल भएको दूतावासले जनाएको छ। उनलाई दूतावासरले नेपाल फर्किन निशुल्क एक तर्फी अनुमतिपत्र (ट्राभल डकुमेन्ट) र हवाई टिकटको उपलब्ध गराएको थियो।

यी प्रतिनिधि उदाहरण मात्र हुन् माथिको गीत भने जस्तै हजारौं नेपाली श्रमिक विदेशमा अंगभंग भएका छन् भने दैनिक चार नेपालीको शव रातो बाकसमा फर्किने गरेका छन् । वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को दस महिनामा वैदेशिक रोजगारीमा गएकामध्ये एक हजार २१७ जनाको शव ल्याईएको छ।
मलेसियामा खोटाङ्मका मनोज बेपत्ता
मलेसियामा सम्पर्क विहिन भएका खोटाङ्मका मनोज निरौला बेपत्ता भएका छन्। रोजगारीको सिलसिलामा २०६९ साल फागुन २६ गते मलेसिया पुगेका उनी विगत चार वर्षदेखि सम्पर्कविहीन भएका छन् । दूतावासका अनुसार खोटाङको बराहापोखरी गाउँपालिका वडा नं. ३, साबिक साउनेचौर वडा नं. ७ घर भएका निरौला २०७८ साल असोज २४ गतेदेखि परिवार तथा आफन्तसँग सम्पर्कमा छैनन्।
मनोजका बुवा गंगा प्रसाद निरौलाले दूतावासमा निवेदन दिँदै छोराको खोजी तथा नेपाल फर्काउन पहल गरिदिन अपिल गरेका छन्। परिवारजनले मनोजको अवस्था’bout अत्तोपत्तो नपाउँदा गहिरो चिन्ता व्यक्त गरेका छन्। परिवारका अनुसार मनोजले शुरुवाती केही वर्ष घरमा फोन सम्पर्क गरिराखिरहेका थिए, तर पछिल्ला वर्षहरूमा उनी सम्पर्कविहीन हुन पुगेका हुन्। हालसम्म पनि कुनै जानकारी नआएपछि परिवारले सार्वजनिक रूपमा खोजी अपील गरेको हो।
दूतावासले एक सूचना जारी गर्दै मनोजको अवस्था’bout कुनै जानकारी भएका वा उनलाई देखेमा गंगा प्रसाद निरौला (बुवा): ९८६९०४४०६३० र लक्ष्मण निरौला (परिवार): ९८४२१२४९४९० मा सम्पर्क गरिदिन अनुरोध गरेको छ। छिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सयौँ नेपाली कामदार बेपत्ता हुनेक्रम बढेको छ । दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ ।
मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायतका कारण नेपालीहरू जेल पर्ने गरेको र त्यस्ता नेपालीहरू परिवारको सम्पर्कमा आउन नसक्ने भएकाले पनि खोजी गरिदिन फोन आउने गरेको काउन्सेलर/ नियोग उप-प्रमुख मुदिता बज्राचार्य बताउछिन्।
वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहना लगायत कारणबाट नेपाली हराउने गरेका छन्। वैदेशिक रोजगारीमा रहेर परिवारको सम्पर्कबाहिर पुगेका आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुलर सेवा विभागमार्फत खोजी कार्य हुने गरेको छ ।
विदेशी भूमिमा हराइरहेका कामदारका ’boutमा मा पर्याप्त विवरण नहुँदा खोजी कार्यमा चुनौती हुने गरेको छ । यस्तै, कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजी कार्य गर्न अप्ठ्यारो हुने गरेको दूतावासको भनाइ रहेको छ । वैदेशिक रोजगारीका क्रममा विदेश गएर बेपत्ता भएका यस्ता घटना धेरै छन् ।






