कालिकोट । कालिकोट जिल्लाको नर्हरिनाथ गाउँपालिका १ कोटबाडा निलाखा गाउँका १० जनामा ज्वरो देखिएको छ । भारत र नेपालको पुर्व झापा जिल्लाबाट आएका एकै गाउँका १० जनामा एकैसाथ ज्वरो र रुगाखोकी देखिएपछि यहाँका नागरिक त्रसित बनेका छन् ।
आरडिटी मार्फत परिक्षण गरिएपछि उनीहरुमा ज्वारो र रुगाखोकी देखिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ । अरु केही नागरिकहरुलाई पनि सामान्य ज्वरो देखिएको कार्यालयका शुचना अधिकारी कटक महतले जानकारी दिए । गम्भीर ज्वरो देखिएका १० जनाको स्वाव संकलन गरी कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लामा पिसिआर परिक्षणको लागि पठाइएको उनले बताए । ज्वरोका बिरामीहरुको उपचार भइरहेको पनि बताए ।
जिल्ला भित्रिएका एक हजार ७ सय मध्ये अहिलेसम्म एक हजार एक सय ५५ जना क्वारेन्टाइनमा बसी घर फर्केका, अहिलेसम्म जिल्लाभरि ७ जना मात्र क्वारेन्टाइनमा बसेको र चार सय ८८ जनाको मात्र आरडिटी परिक्षण गरिएको सुचना अधिकारी महतले बताए । नागरिकको माग अनुसार, अब प्रत्येक वडामा १० जनाको स्वाव संकलन गरी पिसिआर मार्फत परिक्षण गर्ने तयारी रहेको बताए । ‘अहिलेसम्म कोरोना संक्र्मण क्षेत्रबाट आएकोहरुको मात्र आरडिटि गरिरहेका छौँ । बाहिरबाट आएका सवैको परिक्षण गर्न सकिरहेका छैनौं ।’ उनले भने ।

पछिल्लो समय यहाँका सथानिय तहरुले देशका विभिन्न क्षेत्रका शहरबारबाट उद्धार गरी ल्याएका एक हजार ७ सय नागरिकहरुलाई क्वारेन्टाइनमा नराखी सिधै घर घरमा गइसकेकाले उनीहरुको आरडिटी परिक्षण नभई पिसिआर मार्फत कोरोना परिक्षण गर्नुपर्ने यहाँका नागरिकहरुले माग गरेका छन् । समयमै बहिरबाट जिल्ला फर्केकाहरुको पिसिआर मार्फत परिक्षण नगरिए गाउँका स्थानियमा पनि संक्र्मण फैलिन सक्ने भन्दै बेलैमा सचेत हुन आग्रह गरेका छन् ।
ज्वरो देखिएको गाउँका स्थानिय गणेश विस्टका अनुसार, ज्वारो देखिएकाहरु बाहिरबाट आएका हुन् । एकैसाथ ज्वारो देखिनुले यहाँका नागरिकहरु त्रसित बनेछन् । क्वारेन्टाइनमा बसेहरुको पनि आरडिटी परिक्षण छैन, आरडिटीले परिक्षणलाई जनताले विश्वास गर्ने गरेका छैनन् । देशका धेरै ठाउँका आरडिटी परिक्षण पछि कोरोना संक्र्मण देखिएकाले पिसिआर मार्फत मात्र बाहिरबाट आएका नागरिकको परिक्षण गर्नुपर्ने बताए ।
पछिल्लो समय स्थानिय सरकारले उद्धार गरी ल्याएका नागरिक धेरै जसो घरमा छन्, उनीहरुको तथ्यांक संकलन गरेर कोरोना परिक्षण गर्नुपर्ने सोही वडा निवासी दमन विष्टले बताए । उनले भने, ‘बाहिरबाट आएका सबैको कोरोना परिक्षण गर्नुपर्ने माग गरे । अहिलेसम्म आरडिटी परिक्षण पनि कछुवाको गतिमा छ ।’ यसलाई कडाई गर्नुपर्ने बताए ।
फोटो
क्वारेन्टाइनमा बसेका नागरिकहरु






