बागमतीका मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, ३ जना नयाँ मन्त्री नियुक्त

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसका पाँच जना मन्त्रीले राजीनामा दिएको पाँच वटा मन्त्रालयमध्ये तीन वटामा मन्त्री नियुक्त भएका हुन् । लामाले सांसद गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालय दिएका छन् ।

सांसद माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरे पनि मन्त्रालय तोकिएको छैन । नयाँ मन्त्रीहरूको आजै शपथग्रहण गर्नेगरी तयारी गरिएको छ । लामाले कांग्रेस संसदीय दलको नेताबाट मंगलबार मात्रै विश्वास गुमाएका थिए ।

संसदीय दलको अविश्वास प्रस्तावको पक्ष विपक्षमा मतदान हुँदा लामाले १५ मत मात्रै पाएका थिए । विपक्षमा २२ मत थियो । बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन । संसदीय दलको नेता रिक्त भएसँगै आज नयाँ नेता चयनका लागि मतदान हुँदैछ ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

किसान र घर गुमाएकाहरु राहत र पुनःस्थापनाको प्रतीक्षामा, कृषिमा राहत भने शुन्य