मलेसियामा नेपालीसहित १८ हजार आप्रवासी हिरासतमा

काठमाडौँ । मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुशन इस्माइलले जुलाई ६ सम्म देशभरका अध्यागमन हिरासत केन्द्रहरूमा १७ हजार ८९६ कागजात नभएका आप्रवासीहरूलाई राखिएको बताएका छन्। जसमध्ये १० प्रतिशत भन्दा बढी बालबालिका रहेका छन्। गृहमन्त्री इस्माइलले सबै बालबालिकाहरूलाई कम्तिमा एक अभिभावकको साथ हिरासतमा राखिएको बताउदै उनीहरूलाई परिवारबाट अलग नगरिएको बताए।

अहिले मलेसियाको जेलमा १६४ नेपालीले जेलजीवन बिताई रहेका छन्

गृहमन्त्री सैफुद्दीन नासुशन इस्माइलले अध्यागमन विभागले २० वटा हिरासत सुविधा, १८ वटा स्थायी डिपो र दुईवटा अस्थायी होल्डिङ सेन्टरका साथै नाबालिगहरूका लागि छ वटा केन्द्रहरू सञ्चालन गरिरहेको बताए। यी सुविधाहरूको समग्र क्षमता २१ हजार ५३० छ, जसमा कुनै पनि समयमा बन्दीहरूको संख्या १६ हजार देखि १८ हजारसम्म हुन्छ, जुन गिरफ्तारी र निर्वासनमा निर्भर गर्ने उनले बताए।

पछिल्लो समय मलेसियाले धडपकड तीव्र पारेसँगै उनीहरु पक्राउ परेका हुन्। मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्या लगायत कारण नेपालीहरु पक्राउ पर्ने गरेका छन्।

दूतावासले गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न अनुरोध गर्दै आएको छ । गैरकानुनी रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो)ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म कैद सजाय हुने र कैद भुक्तानपछि डिपोर्ट गर्ने गरेको छ ।

अहिले मलेसियाको जेलमा १६४ नेपालीले जेलजीवन बिताई रहेका छन्। मलेसियनले अहिले कागजात नभएका आप्रवासीहरूका लागि आप्रवासी स्वदेश फिर्ती कार्यक्रम पीआरएम २.० संचालन गरिरहेको छ। यो कार्यक्रम अप्रिल ३०, २०२६ सम्म चल्नेछ। पीआरएम २.० अन्तर्गत, वैध पास बिना मलेसियामा प्रवेश गर्ने वा बस्ने व्यक्तिहरू, साथै अनुमति दिइएको अवधिभन्दा बढी बस्नेहरूलाई ५०० मलेसियन रिंगेट जरिवाना तिर्नुपर्ने छ ।

गैरकानुनी नेपालीले घर फर्कनको लागि पासपोर्ट अथवा यात्रा अनुमतिपत्र “ट्राभल डकुमेन्ट” साथमा हुनुपर्ने । १४ दिन भित्रको हवाई टिकट खरिद गर्नुपर्ने । मलेसियामा भएको नजिकैको जुनसुकै अध्यागमन विभागको कार्यालयमा गएर जरिवाना रकम तिर्न सकिने ।अपोइन्टमेन्ट लिनु नपर्ने। जरिवाना रकम तिर्नलाई डेबिट अथवा क्रेडिट कार्ड हुनुपर्ने छ । घर फर्किन जरिवाना शुल्क ५०० रिंगेट र स्पेशल पासको लागि २० रिंगेट गरी ५२० तिर्नुपर्ने दूतावासले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरीको कप्तानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन जारी, नेपाली सेना परिचालन