काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएका कामदारहरूको संस्था पौरखी नेपालले काठमाडौको दक्षिणकाली नगरपालिकामा सामाजिक लेखापरीक्षण र सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।
पौरखी नेपालले दक्षिणकाली नगरपालिकाको वडा नं ५ मा “परिष्कृत सामाजिक परिचालनको दृष्टिकोणबाट आर्थिक रूपमा विपन्न महिला, आप्रवासी महिला श्रमिकहरू र आप्रवासी श्रमिकहरूको परिवारको जीविकोपार्जन विकास” शीर्षकको परियोजना सञ्चालन गरेको थियो।
एडब्लूओ इन्टरनेशनलको आर्थिक सहयोगमा सञ्चालित उक्त परियोजना अगस्ट १, २०२४ देखि जुलाई ३१, २०२५ सम्म लागू गरिएको पौरखी नेपालका रणनीतिक सल्लाहकार मञ्जु गुरुङले जानकारी गराए।
जसको कुल बजेट युरो ५१,००० रहेको थियो। सामाजिक लेखापरीक्षणमा जानकारी अनुसार परियोजनाले आर्थिक रूपमा कमजोर महिला, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरू, आप्रवासी श्रमिक परिवारहरू, एकल महिला, महिला घरमुली, दीर्घरोगी तथा संकटबाट प्रभावित व्यक्तिहरूलाई लक्षित गर्दै दीगो जीविकोपार्जन, सीप विकास, सामाजिक सशक्तीकरण र सुरक्षित आप्रवासनमा पहुँच अभिवृद्धि गर्ने उद्देश्य लिएको थियो।
सामाजिक लेखापरीक्षण कार्यक्रममा परियोजनाको कार्यान्वयन प्रक्रिया, स्रोत साधनको उपयोग, सहभागी छनोट, तालिम तथा कार्यक्रमहरू सम्बन्धमा प्रत्यक्ष लाभग्राही र सरोकारवालाबीच संवाद, मूल्याङ्कन र सुझाव संकलन गरिएको थियो। कार्यक्रममा दक्षिणकाली नगरपालिकाकी उपप्रमुख बसन्ती डंगोल, वडा नं ५ का अध्यक्ष श्याम बहादुर खत्री, महिला सदस्य विद्या लक्ष्मी श्रेष्ठ, पशु सेवा केन्द्र प्रमुख राम प्रसाद अधिकारी, कृषि सेवा केन्द्रकी यमुना बस्नेत, वडा कार्यालयका कर्मचारी, महिला समूह, टोल विकास संस्था, युवा प्रतिनिधि र वैदेशिक रोजगारबाट फर्किएका लाभग्राहीहरूको सहभागिता रहेको थियो। पौरखी नेपालकी रणनीतिक सल्लाहकार तथा परियोजना टिम लिडर मञ्जु गुरुङले कार्यक्रममा परियोजनाको उद्देश्य र आवश्यकता ’bout जानकारी गराइन्। सामाजिक लेखापरीक्षण कार्यक्रमको सहजीकरण सिर्जना काफ्लेले गरेका थिए।
कार्यक्रममा सहभागी लाभग्राहीहरूले परियोजनाबाट प्राप्त उद्यमशीलता तालिम, कृषि तथा पशुपालन तालिम, कृषि तथा पशुपालन सामग्री, सीप विकास, सुरक्षित आप्रवासनसम्बन्धी तालिम, व्यवसायिक तालिम तथा जानकारीमूलक सामग्रीबाट जीवनमा देखिएको सकारात्मक परिवर्तनका अनुभवहरू राखे। सहभागीहरूले सामाजिक परिचालनका माध्यमले जानकारी, आत्मविश्वास, निर्णय लिने क्षमता र सरकारी सेवामा पहुँच विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको बताए। सरोकारवालाहरूले सामाजिक लेखापरीक्षणमार्फत परियोजनाको दिगोपन, जवाफदेहिता, स्थानीय सरोकारमा आधारित योजना तथा व्यवहारिक तालिमको प्रभाव’bout सकारात्मक प्रतिक्रिया दिए।
पौरखी नेपालले सामाजिक लेखापरीक्षण अभ्यासलाई सहभागितामूलक, पारदर्शी र उत्तरदायी विकास प्रक्रियाको अभिन्न अंशका रूपमा अघि बढाएको दाबी गरेको छ। परियोजनाको सामाजिक परिचालन अभ्यासले स्थानीय तहसँग समन्वय, लक्षित समुदायमा विश्वास निर्माण तथा दीगो सुधारका लागि नीतिगत सिफारिस विकासमा योगदान पुर्याएको सहभागीहरूको निष्कर्ष थियो। पौरखी नेपालले यस्ता अभ्यासलाई अझ सशक्त बनाउँदै स्थानीय विकास प्रक्रिया र नीतिमा समुदायको आवाज प्रतिबिम्बित हुने सुनिश्चितता गर्न प्रतिबद्धता व्यक्त गरेको छ।
सार्वजनिक सुनुवाइ पनि सम्पन्न
पौरखी नेपालले “सामाजिक परिचालन दृष्टिकोणमार्फत महिला र आप्रवासी परिवारको सशक्तीकरण” शीर्षकको परियोजनाअन्तर्गत साउन १५ गते काठमाडौं जिल्ला, दक्षिणकाली नगरपालिका वडा नं ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम पनि सम्पन्न गरेको छ। यो परियोजना एडब्लूओ इन्टरनेशनलको आर्थिक सहयोगमा, पौरखी नेपालको कार्यान्वयनमा अगस्ट १, २०२४ देखि जुलाई ३१, २०२५ सम्मका लागि सञ्चालनमा रहेको थियो। परियोजनाको कुल बजेट युरो ५१,००० रहेको छ।
परियोजनाले विशेष गरी वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरू, आर्थिक रूपमा कमजोर महिला, आप्रवासी श्रमिक परिवारहरू, एकल महिला, महिला घरमुली, दीर्घरोगी तथा संकटबाट प्रभावित व्यक्तिहरूलाई लक्षित गरी दीगो जीविकोपार्जन, सीप विकास, सामाजिक सशक्तीकरण र सुरक्षित आप्रवासनमा पहुँच अभिवृद्धि गर्ने उद्देश्य राखेको छ। सार्वजनिक सुनुवाइ कार्यक्रम परियोजनाको पारदर्शिता, जवाफदेहिता र सहभागीमुखी दृष्टिकोण सुनिश्चित गर्ने सामाजिक परिचालनको एउटा महत्वपूर्ण अभ्यासको रूपमा सम्पन्न गरिएको थियो।
कार्यक्रममा परियोजनाको उपलब्धि, चुनौती, लक्षित समूह, आगामी रणनीति तथा सिकाइहरू’bout प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रमको सहजीकरण गोविन्दराज पौडेलले गरेका थिए। उनले सहभागीहरूलाई परियोजनाको गतिविधि, निष्कर्ष, दस्तावेज र योजना’bout बुझाउनुका साथै खुला संवादका लागि सहज वातावरण सिर्जना गरे।
सुनुवाइ कार्यक्रममा लक्षित समूहका महिला लाभग्राहीहरू, वैदेशिक रोजगारबाट फर्किएका युवा, महिला किसान, साना उद्यमीहरू, युवा प्रतिनिधि, टोल विकास संस्था तथा स्थानीय सरकारका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो। सहभागी लाभग्राहीहरूले परियोजनाबाट प्राप्त सीप विकास तालिम, आर्थिक सहयोग, सूचना सामग्री तथा कृषि र पशुपालन सामग्रीले जीवनशैलीमा ल्याएको सकारात्मक परिवर्तन’bout व्यक्तिगत अनुभव प्रस्तुत गरे। उनीहरूले आत्मविश्वास, निर्णय क्षमता, सरकारी सेवामा पहुँच र आर्थिक आत्मनिर्भरतामा उल्लेखनीय वृद्धि भएको अनुभव सुनाए।
कार्यक्रममा सरोकारवालाहरूले विभिन्न सुझाव प्रस्तुत गरे। दीगो रोजगारी सुनिश्चित गर्ने व्यवसायिक अनुदान योजनाहरू विस्तार गर्नुपर्ने, महिला नेतृत्व र समूह व्यवस्थापन तालिमलाई अझ प्रभावकारी बनाउनुपर्ने, स्थानीय सरकारसँग अझ बलियो समन्वय गरी योजना कार्यान्वयन गर्नुपर्ने, ग्रामीण क्षेत्रमा प्रविधि र कृषि उपकरणको पहुँच अभिवृद्धि गर्नुपर्ने सुझावहरू दिइए। सार्वजनिक सुनुवाइ कार्यक्रमले परियोजनाको पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक विकास प्रक्रियालाई सुदृढ बनाएको सरोकारवालाहरूको धारणा रहेको छ। यसले नीतिगत सुधार, समुदाय–सरकार सहकार्य र दीगो सशक्तीकरणतर्फको मार्गचित्र निर्माणमा सघाउ पुर्याएको धारणा व्यक्त गरिएको थियो।
कार्यक्रममा रणनीतिक सल्लाहकार मञ्जु गुरुङले परियोजनाको उद्देश्य, उपलब्धि र सिकाइहरूको समग्र समीक्षा प्रस्तुत गर्दै सामाजिक परिचालनले समुदायको जागरण, स्रोतमा पहुँच तथा नीतिगत संवादमा ठोस योगदान पुर्याएको बताइन्। पौरखी नेपालले सार्वजनिक सुनुवाइबाट संकलित सुझावहरूलाई समेटी अन्तिम प्रतिवेदन तयार गर्ने र त्यसलाई आगामी रणनीतिमा प्रतिबिम्बित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।






