काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले शर्माको नाम ३३औँ प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उनी नेपालको नयाँ प्रधानन्यायाधीश बन्नेछन् ।
न्यायपालिकाको इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर रोलक्रमको चौथो वरियतामा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना मानिएको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा शर्मा नेपालको ३३ औँ प्रधानन्यायाधीश बन्नेछन् ।
हाल कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल पहिलो वरियतामा रहेकी छन् भने वरिष्ठ न्यायाधीश कुमार रेग्मी दोस्रो र हरिप्रसाद फुयाल तेस्रो वरियतामा रहेका छन् । उनीहरूलाई छाडेर चौथो वरियताका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेको हो ।
सम्बन्धित समाचार
शेखर गोल्छा पक्राउ परेसँगै उच्च निगरानीमा शाह, मोर र गुप्ता
सुकुम्वासी बस्ती हटाउन ऐतिहासिक सफलता
बालेन्द्र सरकारको एक महिना, ५० प्रतिशत प्रतिबद्धता कार्यान्वयन
रास्वपाको दोहोरो चरित्र : सत्ताबाहिर ‘तिब्र आक्रामक’, सत्तामा ‘नम्र आक्रामक’
नेकपाले ११ मंसिरदेखि १५ मंसिरसम्म काठमाडौंमा महाधिवेशन गर्ने
संसद अधिवेशन आह्वानको सिफारिस गर्न आलटाल गर्दै सरकार
प्रधानमन्त्री शाहद्वारा संवैधानिक परिषद्को बैठक आह्वान
सम्पत्ति छानबिनको दायरामा ५० हजार बढी पदाधिकारी र कर्मचारी






