काठमाडौं । हास्य अभिनेता केदार प्रसाद घिमिरेले नायक भएर काम गरेको चलचित्र ‘माग्ने राजा’ ६ भदौबाट चलचित्र घरमा रिलिज हुँदै छ । तीजको अवसरमा आउन लागेको यो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । निर्देशकीय हिसावले यो ऋषिको नऔँ चलचित्र हो । विगतका आठ वटा चलचित्र गम्भीर सामाजिक कथामा निर्देशन गरेका ऋषि यस पटक आफू पूर्ण फरक चलचित्र लिएर दर्शकमाझ आउँदै गरेको बताउँछन् ।
मंगलबार राजधानीसँगको भेटमा उनले ‘माग्ने राजा’ पूर्ण हास्य प्रधान चलचित्र भएको जिकिर गरे । आफ्नो यो चलचित्र’bout उनले भने,‘विगतका चलचित्रमा मैले दर्शकलाई हलमा पु¥याएर प्राय रुवाउने काम बढी गर्थेँ । तर यस पटक यो चलचित्र हेर्न आउने दर्शकहरू अढाई घण्टासम्म मज्जाले हाँसेर चलचित्र घरबाट बाहिरिनु हुनेछ ।’
के हँसाउनु मात्र यो चलचित्रको उद्देश्य हो त भन्ने जिज्ञासामा उनले भने,‘चलचित्र कमेडी जनराको भएकाले दर्शकलाई हँसाउनु त यसको विशेषता नै हो । म यति कुरा के ठोकुवा गर्छु भने यो चलचित्रमा केदार घिमिरेले हँसाउँदा हँसाउँदै दर्शकलाई त्यत्तिकै रुवाउनु पनि हुने छ ।’
चलचित्र यात्रा हेर्दा ऋषिले २० वर्ष अघि चलचित्र ‘कहीँ मिलन कहीँ बिछोड’बाट निर्देशन सुरु गरेका थिए । उनको यो पहिलो चलचित्र नै बक्स अफिसमा हिट भयो । यसपछि उनले चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ निर्देशन गरे । डेढ दशक अघि रिलिज भएको यो चलचित्र पनि बक्स अफिसमा हिट भयो । त्यसको एक वर्षपछि उनले २०६८ सालमा अर्को चलचित्र ‘श्रीमान् श्रीमती’ निर्देशन गरे । यो चलचित्र पनि बक्स अफिसमा हिट भयो । यसरी लगातार तीन वटा हिट चलचित्र दिन सफल भएका उनी त्यसपछि सानो पर्दामा व्यस्त देखिए । तथापि सानो पर्दासँगै ठुला पर्दाका ‘हवल्दार सुन्तली’, ‘किस्मत २’, ‘सरी ल’ जस्ता चलचित्र उनले निर्देशन गरे ।
२०७४ सालबाट पुन सानो पर्दाको चलचित्र निर्देशनमा लागेका ऋषिलाई यस पटक ‘आफ्नो मान्छे आफ्नै हुन्छ’का निर्माता मुनाल घिमिरेले ‘माग्ने राजा’बाट चलचित्र निर्देशनमा ८ वर्ष पछि फर्काएका हुन् । यो बिचमा आधा दर्जन टेली सृंखला निर्देशन गरेका ऋषि किन चलचित्र निर्देशनमा ८ वर्ष खाली रहे भन्ने जिज्ञासामा उनले भने,‘म टेली चलचित्रहरूमा यति व्यस्त भएँ कि यो ८ वर्ष बितेको समेत महसुस गरिन् । चार वर्ष अघि नै मुनाल जीले चलचित्र निर्देशनका लागि प्रस्ताव राख्दा पनि सानो पर्दामा व्यस्त भएका कारण बल्ल यति बेला यो चलचित्र निर्देशन गर्न सफल भएको हुँ ।’
चलचित्र ‘माग्ने राजा’को कथा’bout यी निर्देशकले भने,‘यो विशुद्ध रूपमा हास्य अभिनेता केदार प्रसाद घिमिरे (माग्ने बुढा)को जीवनको आरोह अवरोहको कथा हो । हिजोका दिनमा उनले हास्य टेली सृँखला मेरी बास्सैदेखि अहिले छक्का पन्जा ५ सम्मा आइपुग्दा के कस्ता आरोह अवरोहहरू भोगे, त्यही भोगाइमा केन्द्रित भएर यो चलचित्रको लेखिएको हो ।’
यो चलचित्रको स्कृप्ट लेखनमा पनि लेखक सामिप्य राज तिमिल्सिनालाई केदार घिमिरेले सघाएको निर्देशक ऋषिले बताए । चलचित्रको कथा’bout उनले भने,‘समाजमा सधैँ माग्ने भनेर चिनिएको एउटा व्यक्ति रातारात धनी भयो भने समाजप्रति उसको रवाफ कस्तो हुन्छ र उनलाई समाजले कसरी हेर्छ भन्ने कुरा हामीले यो चलचित्रमा देखाउँदै छौँ,’ उनले यो चलचित्रमा केदारको पात्र तयारी’bout भने,‘हामीले यो चलचित्रको लागि छायांकनमा जानु भन्दा अघि नै केदारजीको धनी र गरिब दुवै चरित्रलाई सोही अनुसारको पहिरन र गहना लगाएर विभिन्न मुद्रामा फोटो खिच्यौँ । ती फोटोहरूबाट हामीले बल्ल चरित्र चयन गरेर त्यसलाई विकास गर्दै अघि बढाएका हौँ ।’
निर्देशक ऋषिका अनुसार यो चलचित्रमा केदारले ग्रामीण र सहरी गरेर दुई प्रकारको चरित्र निभाएका छन् । गाउँमा उनी यती धेरै गरिब हुन्छन् की गाउँलेको सानातिना ऋण समेत तिर्न नसकेर उनी सहर भासिन्छन् । सहरमा पुगेर उनी माफियाहरूको संगतले रातारात धनी हुन्छन् । यो चलचित्रमा केदारले ग्रामीण चरित्रबाट सहरी एवम् सुकिलो चरित्रमा आफूलाई परिणत गर्न ७ काजी तौल दुई सातामा घटाएको पनि उनले बताए ।
केदारको चरित्र परिवर्तन ’bout निर्देशक ऋषि लामिछानेले भने,‘गाउँले चरित्रमा उनी मोटा भद्दा भएका कारण भुँडे देखिएका थिए । तर यो स्वरूप सहरिया चरित्रमा नसुहाउने भएपछि दुई सातामै केदारले ७ केजी तौल घटाएर आफूलाई शारीरिक रूपमा फिट बनाए’, चलचित्र ‘माग्ने राजा’मा अभिनेता केदार घिमिरे ग्रामीण चलचित्रमा माग्ने बुढा नै र सहरी चरित्रमा माग्ने राजाको पूर्ण रूपमा देखिएको पनि निर्देशक लामिछानेले दाबी गरे । उनको भनाइमा निर्देशकले चाहेको जस्तै रूपमा केदारले आफूलाई ‘माग्ने राजा’ मा उतारेका छन् ।
यो चलचित्रमा केदारको प्रेमिकाको रूपमा वर्षा सिवाकोटीलाई प्रस्तुत गरिएको छ । चलचित्रमा माग्ने राजाको जोडीको रूपमा अत्यन्त सुन्दर युवती राख्नु पर्ने भएकाले केदारको जोडीको रूपमा वर्षालाई नै राखिएको पनि ऋषिले बताए । चलचित्रको कथा पनि यी दुई मुख्य पात्रको वरिपरि घुम्ने पनि उनले राजधानीलाई जानकारी गराए ।
चलचित्र ‘माग्ने राजा’ विगतको चलचित्र छक्का पन्जा सृँखलाबाट प्रभावित भएको आरोपमा निर्देशक ऋषिले यो आरोपलाई सहजै स्विकारे । छक्का पन्जा मात्र हैन, हिजोको मेरी बास्सै पनि माग्ने बुढाकै कारण चलेकोले गर्दा आफूहरू माग्ने बुढाको चरित्रबाट प्रभावित भएर उनलाई माग्ने राजाको रूपमा पर्दामा ल्याउन लागेको पनि यी निर्देशकले प्रस्ट पारे ।






