सप्तरी ,राजविराज । सप्तकोशी किनारमा बेबारीसे अबस्थामा मृत भेटीएकी एक नौ बषिया बालिकाको शव ४ दिन पछि शुक्रवार स्थानिय गजेन्द्र नारायण सिह अस्पतालको शव गृहबाट निकाली अन्तिम सस्कार गरीएको छ ।
गत ३० बैशाखमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १४ स्थित सप्त कोशी नदि किनारमा ती बालिकाको मृत शरीर प्रहरीले फेला पारेको थियो । ४ दिन बितिसक्दा पनि शवको पहिचान हुन नसकेको डिएसपी तिलक भारतीले जानकारी दिए । ‘कुहिएको अवस्थामा फेला परेको बालिकाको शव स्थानियले पहिचान गर्न सकेनन्’, डिएसपी भारतीले भने ‘नदीले बगाएर ल्याएको हो की वा अन्य केही कुरो छ ,दुबै पाटोबाट अनुसन्धान भइरहेको छ ।’ उनले भने ।
उनले कोही आफन्त सम्पर्कमा आउछ कि भनेर शव सुरक्षित साथ राखिए पनि सम्पर्कमा कोही नआए पछि र अस्पताल परिसरमा दुर्गन्ध फैलिन थालेपछि शुुक्रवार आवश्यक प्रकृया पुरा गरी हनुमाननगर कंकालिनी नगरपालिकाको समन्वयमा शवको अन्तिम संस्कार गरीएको बताए । शवको गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टम गरीएको उनले जानकारी दिए । मृतक बालिकाले कालो रंगको हाफ प्यान्ट र कालो पहेलो बुठ्ठा भएको भेष्ट लगाएको तथा पहिचानका लागि सम्पुर्ण प्रहरी इकाइमा फोटो सहितको हुलिया विवरण पठाइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयसप्तरीले जनाएको छ ।






