भोलीदेखि काठमाडौका गल्लीमा हिँड्नेलाई पनि कार्वाही हुने

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउनमा थप कडाइ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले ३ जेठबाट लागू हुने गरी लकडाउनमा कडाइ गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले अत्यावश्यक सेवाका बाहेक पास विनाका सवारी साधन र पैदल यात्रुलाई समेत काठमाडौं प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

काठमाडौंका मूल सडक, भित्री सडक र गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको भीड लागेको भन्दै जिल्ला प्रशासन कार्यालयले थप कडाइ गरेको हो । सडकमा विनापास निस्किएमा कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ । कार्यालयले यसअघि जारी गरिएका पासहरू खारेज भएको जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान