बागमतीमा मन्त्री परिषद्ले पायो पूर्णता

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले मन्त्री परिषदलाइ पूर्णता दिएका छन् । मुख्यमन्त्री बानियाँले सरकारमा नियुक्त गरेका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नव नियुक्त ५ मन्त्रीहरुलाई शुक्रबार सपथ गराएका हुन् ।

मुख्यमन्त्री बानियाँले युवा तथा खेलकुद मन्त्रीमा उर्मिला नेपाल, सामाजिक विकास मन्त्रीमा कन्चनचन्द्र बादे, संस्कृति तथा पर्यटन मन्त्रीमा सुरेश श्रेष्ठ, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बिनु रायमाझी र आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रभात तमाङलाइ नियुक्त गर्नु भएको हो । यस अघि साउन २० गते मुख्यमन्त्री बानियाँले विना विभागीय मन्त्रीमा नियुक्त गरेका शिवराज अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री बानियाँले यसअघि आफू सहित ९ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । त्यतिबेला आफूसहित कांग्रेसबाट तीन र सत्ता साझेदार दल नेकपा एमालेबाट ६ मन्त्री नियुक्त गरिएको थियो ।

पुरा भएन सहमति
मुख्यमन्त्री बानियाँले आफ्नो नेतृत्वको सरकार निर्माण गर्दा निवर्तमान मुख्यमन्त्री बहादुर सिं लामासँग गरेको सहमती भने कार्यान्वयन गरेनन् । लामाले नियुक्त गरेका तर सपथ लिन नभ्याएका ३ मन्त्रीहरुलाई बानियाँले आफ्नो नेतृत्वको सरकारमा सामेल गराउने सहमती गरेका थिए । तर अन्ततः बानियाँले आफू पक्षधरलाई मात्रै मन्त्रीमा सामेल गराए, लामा पक्ष हेरेको हे¥यै भएको छ ।

मन्त्री नियुक्त भएर पनि सपथ लिन नभएका सांसदहरु गोविन्द लम्साल, माया श्रेष्ठ र गिता गुरुङले मन्त्रीको हल्लामात्रै पाए जिम्मेवारी पाएनन् ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौं-मुग्लिन सडक खण्ड पुन: सञ्चालन