राज्य व्यवस्था समिति सभापतिको चुनाव ११ भदौमा

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि आगामी ११ भदौमा निर्वाचन हुने भएको छ । संघीय संसद् सचिवालयले सोमबार सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

संसदका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा सभामुख देवराज घिमिरेले भदौ ११ गते बुधबारका लागि सभापति चयनका लागि समय तोकेको उल्लेख छ ।

संघीय निजामति विधेयकमा अवकाश प्राप्त वा राजीनामा दिएका उच्च सरकारी अधिकृतलाई कम्तिमा दुई वर्षसम्म संवैधानिक र राजनीतिक नियुक्ति लिन नमिल्ने गरी ‘कुलिङ अफ पिरियड’ को व्यवस्था निस्क्रिय हुने प्रावधान समावेश भएको विषयमा नैतिक जिम्मेवारी लिँदै तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए ।

प्रतिनिधिसभा नियमावलीमा संसदीय सभापतिको पद रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

epaper

ताजा समाचार

आरसीबी लगातार दोस्रो पटक आईपीएल च्याम्पियन