६६ दिनअघि मलेसियाबाट आएका थिए सिरहाका कोरोना संक्रमित पुरुष

लहान । कोरोना संक्रमण पुष्टि भएका सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीका ३० वर्षीय पुरुष फागुन २८ गते मलेसियाबाट घर फर्केका थिए । पाँच दिन अघि उनको स्वाब स‌ंकलन गरिएको गाउँपालिका अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए ।

‘स्वास्थ्य मन्त्रालयको बुलिटिनमा सिरहा सखुवा–१९ का ३० वर्षीय पुरुष भनिएको छ । जसले यहाँका जनप्रतिनिधिदेखि प्रहरी सबैलाई अलमलाएको छ । यो गाउँपालिकामा सखुवा १९ छैन् । यो गाउँपालिकामा जम्मा ५ वटा वडा छ । साविका गाउँविकास समितीमा पनि १९ वटा वडा थिएन’, अध्यक्ष यादवले भने,‘ठेगानाले हामीलाई अन्यौलमा पारिदिएको छ । बुझ्दै जाँदा सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीका भएको खुलेको छ ।

सिरहामा कोरोना पुष्टि भएको यो पहिलो केस हो । यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी