भारतले पुनः दुई हप्ता लकडाउन बढाउने

नयाँ दिल्ली । कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् ।

कोभिड–१९ को सङ्क्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षहरूलाई औपचारिक रूपमा घोषणा भने गरिएको छैन ।

यद्यपि बैठकमा बन्दाबन्दी बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीले बन्दाबन्दी बढाउने सही निर्णय लिनु भएको छ ।’ तर मुख्यमन्त्री केजरीवाललाई सञ्चारकर्मीहरूले बन्दाबन्दी’bout गरिएको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘निर्णयलाई प्रधानमन्त्री आँफैले सार्वजनिक गर्नुहुनेछ ।’

यता, कोरोनाको संक्रमित बढ्दै गएपछि भारतका विभिन्न राज्यका सरकारले लकडाउन बढाउने निर्णय गर्ने तयारीमा छन् । पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३० अप्रिलसँग लक डाउन बढाउने निर्णय गरिसकेका छन्। बाँकी राज्यले पनि मोदीलाई कमसे कम दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 316 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन