दुई महिला आइसोलेसनमा, सिन्धुली अस्पतालमा उच्च सतर्कता

सिन्धुली । सिन्धुलीमा उच्च ज्वरो आएका २ जना महिलाहरुलाई आइसोलेसनमा भर्ना गरिएको छ । शनिबार उच्च ज्वरो आएपछि दुई जना महिलालाई आइसोलेसनमा भर्ना गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।

महिलाहरुमा कोरोना भाइरसको जस्तो लक्षण देखिएपछि उनीहरुको कोरोना परिक्षणका लागि थ्रोट स्वाव संकलन गरी परिक्षणका लागि आइतबार प्रादेशिक अस्पताल हेटौडामा पठाइएको छ । कमलामाई नगरपालिका वडा नं. २ र ६ का ३२ वर्षीय र २० वर्षिय महिलालाई आइसोलेसनमा भर्ना गरिएको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्न राजभण्डारीले बताए ।

यस्तै सिन्धुलीको कमलामाईमा रहेको क्वारेन्टाइनमा बसेका २ जना पुरुषको पनि स्वाव परिक्षणका लागि पठाइएको छ । कमलामाई नगरपालिका वडा नं. ६ र २ का ३० वर्ष र ३९ वर्षका पुरुषको पनि स्वाव परिक्षणका लागि पठाइएको हो । भारतबाट आउका ३९ वर्षीय पुरुष र कनपा ६ का ३० वर्षिय अर्का पुरुषलाई क्वारेन्टाईनमा राखिएको थियो ।

शंकास्पद व्यक्तिलाई अस्पतालमा भर्ना गरिए पछि अस्पताल व्यवस्थापनले अस्पतालमा अनावश्यक आवतजावत र अस्पताल प्रांगणमा सवारी पार्किङमा रोक लगाएको छ । आपतकालिन सेवा र ओपिडि सेवामा भिडभाड कम गर्न मानिसको आवतजावतलाई अस्पतालले रोक लगाएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताएका छन् ।

अस्पताल संक्रमणको उच्च जोखिममा रहेकाले अनावश्यक अस्पताल प्रवेशमा रोक लगाईएको र एक बिरामी एक कुरुवाको पासको व्यवस्थालाई कडाईका साथ लागु गरिएको छ । जसका कारण करिब एकसातादेखि सुरु भएको ओपिडी सेवा प्रभावमा परेको छ ।

अस्तालका अध्यक्ष पोखरेलका अनुसार अस्पतालका प्रसूती तथा अन्य अत्यावश्यक सेवामा भने उक्त कडाइले प्रभाव पार्ने छैन । अस्पतालले कोभिड १९ को अति उच्च जोखिम रहेकोले यो स्थितिको सिर्जना गर्न बाध्य भएको जनाएको छ । अस्पतालले नियमित औषधि सेवनकर्ताले डाक्टरको परामर्शमा औषधि लाने ब्यबस्था मिलाएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 431 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित