साउदीमा १६१ अवैध नेपालीले पाए एक्जिट भिसा

काठमाडौं । साउदीमा अवैध रूपमा बसेका १६१ नेपालीले एक्जिट भिसा पाएका छन्। रियादस्थित नेपाली दूतावासका अनुसार अकामा नभएका १२६ र हुरुब लागेका ३५ जनाले एक्जिट भिसा पाएका हुन्। साउदीमा आवासीय अनुमतिपत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकालाई स्वदेश फर्किने भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजात सहित दूतावासमा सम्पर्क गर्नुपर्छ ।

एक्जिट भिसाको प्रक्रिया निःशुल्क हुने दूतावासले जनाएको छ । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट भने व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ । साउदीमा इकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेको अवस्था छ भने एक्जिट भिसाका लागि आवेदन दिन सकिनेछ ।

साउदी आएको ३ महिनाभन्दा बढी समयसम्म पनि इकामा नबनाइदिएकाले समेत एक्जिट भिसाका आवेदन दिन सकिनेछ । त्यस्तै, हुरूब लागेका व्यक्तिले समेत दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ गर्न सकिँदैन । इकामाको म्याद भएकाको एक्जिट भिसा प्रोसेसिङ गर्न नमिल्ने दूतावासले जनाएको छ।

कुनै केस वा जरिमाना तिर्नुपर्ने बाँकी छ भने त्यो क्लियर नहुँदासम्म एक्जिट भिसा प्राप्त गर्न नसकिने दूतावासले जनाएको छ । दूतावास आफैंले एक्जिट भिसा दिँदैन । उसले त त्यसका लागि प्रोसेस गरिदिने मात्र हो । एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन (जवाजत) अफिससँग हुन्छ । त्यसैले दूतावासमा आएर फारम भरेपछि एक्जिट भिसा लागिहाल्छ भन्ने कुनै ग्यारेन्टी नहुने दूतावासले जनाएको छ ।

जुन ठाउँबाट आफ्नो इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट एक्जिट भिसाका लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको छ । तसर्थ, एक्जिट भिसाका लागि दूतावासमा आउनुभन्दाअघि अनिवार्य रूपमा आफ्नो इकामा कहाँबाट बनेको हो यकिन गर्न समेत दूतावासले सबैमा अनुरोध गरेको छ ।

साथै,केही महिना देखि धेरै देशका ठुलो संख्यामा एक्जिट भिसाका लागि त्यहाँको लेवर अफिसमा कागजात क्युमा रहेको जानकारी प्राप्त भएकोले धैर्य गरी प्नतिक्षा गर्न पनि दूतावासले सम्बन्धित सबैमा अनुरोध छ । एक्जिट भिसा प्रोसेसिङका सम्बन्धमा जानकारी चाहिएमा दूतावासको फेसबुक पेजमा राखिएको जानकारी मूलक सूचना अनुरोध गरेको छ।

दूतावासले साउदीका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरुब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

साउदीबाट ११ हजार ६८७ अवैध आप्रवासीलाई देश निकाला
सुरक्षा अधिकारीहरूले एक हप्तामा साउदीमा २१,३३९ अवैध बसोबास गर्नेहरूलाई पक्राउ गरेका छन्। सेप्टेम्बर ४ देखि सेप्टेम्बर १० सम्मको अवधिमा सुरक्षा बलहरूले सम्बन्धित सरकारी निकायहरूसँगको सहकार्यमा गरेको संयुक्त निरीक्षणमा उनीहरुलाई पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ।

पक्राउ पर्नेहरूमा १२,९५५ जना रेसिडेन्सी कानून उल्लङ्घन गर्ने, ४,१९८ जना सीमा सुरक्षा कानून उल्लङ्घन गर्ने र ४,१८६ जना श्रम कानून उल्लङ्घन गर्नेहरू समावेश छन्। उल्लङ्घन गर्ने ११,६८७ जनालाई देश निकाला गरिएको छ भने २५,१३३ जना उल्लङ्घन गर्नेहरूलाई यात्रा कागजातहरू प्राप्त गर्न उनीहरूको कूटनीतिक नियोगहरूमा पठाइएको मन्त्रालयले जनाएको छ।

साउदीले गैरकानुनी कामदार माथि धडपकड़ तीव्र पारेसँगै सयौ नेपाली कामदार पक्राउ परेको र उनीहरुलाई पनि पुन: फर्कन नपाउने गरी डिपोर्ट गरिएको बताईएको छ। अहिले विभिन्न मुद्धा लागेका ५४४ नेपाली साउदीको जेलमा रहेका छन्। गैरकानुनी तरिकाले काम गर्दा त्यहाँको प्रहरीले पक्राउ गर्ने र केही समय जेल बसेर मात्र नेपाल फर्किन पाउने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा