निर्वाचन तयारीका लागि छलफल गर्न २९ दललाई पत्राचार

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनको तयारीका लागि छलफल गर्न पहिलो चरणमा २९ राजनीतिक दललाई पत्राचार गरेको छ । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि आयोगमा हाल दर्ता रहेका १ सय २२ दलमध्ये पहिलो चरणमा २९ दललाई बोलाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् ।

आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गरेका राजनीतिक दललाई पहिलो चरणमा छलफल गर्न लागिएको प्रवक्ता भट्टराईले बताएका हुन् । ‘दर्ता रहेका १ सय २२ दलसँग नै छलफल गर्छौं, एकैपटक छलफल कठिन हुने हुँदा चरणचरणमा गर्ने तय भएको हो, पहिलो चरणमा २९ वटालाई बोलाएका हौं,’ भट्टराईले भने ।

आयोगले बुधबार नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका २९ दललाई पत्राचार गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

epaper

ताजा समाचार

सुशीला सरकार चुनाव नगराउने दिशामा छ, स्वार्थ–समूहको चंगुलमा फसिसक्यो: प्रभु साह