दश दिन अघिदेखि वेपत्ता ६८ वर्षीय बृद्ध मृत फेला

लमजुङ । लमजुङमा दश दिन अघिदेखि वेपत्ता भएका एक बृद्धि नदी किनारमा मृत फेला परेका छन् । लमजुङको बेसीशहर नगरपालिका– ११, बरबोटका ६८ वर्षीय केशरबहादुर रिमाल असोज २४ गते साँझ मस्र्याङ्दी नदी किनारमा मृत फेला परेका हुन् ।

रिमाल दश दिन अघि बिहान घरबाट निस्किए पछि सम्पर्कविहीन भएको थिएइ । उनको खोजी कार्यमा परिवारजन, गाउँलेहरू, आफन्तजन र प्रहरी समेत जुटेका थिए । उनी दशदिन पछि अचानक साझपख सोही वडाको रामचोक बेसीको मस्र्याङ्दी नदी किनारमा मृत अवस्थामा फेला परेको पारिवारिक स्रोतलाई उधृत गर्दै प्रहरीले जनाएको हो ।

वेपत्ता बृद्धिको खोजी कार्यमा उनका परिवारजन, आफन्तहरू र प्रहरीले आ–आफ्नै तरिकाले खोजी गर्ने क्रम जारी राखेका थिए । सोही सिलसिलामा उनी मस्र्याङ्दी नदी किनारमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर साह तेलीले बताए । उनका अनुसार उनको मृत्यु ४, ५ दिन अघि भएको जस्तो देखिएको छ । उनले भने, ‘रिमाललाई किन मस्र्याङ्दीमा कसरी गए र त्यस्तो अवस्था आयो भन्ने खुल्न सकेको छैन । प्रहरीकोतर्फबाट त्यस’boutमा अनुसन्धान भइरहेको छ ।’

रिमालको शव फेला परेपछि कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टम गरेर मृतकका छोरा निश्चल रिमाललाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी साह तेलीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

२८ आश्विन २०८२