सङ्खुवासभामा छैटौँ मानेभञ्याङ कप फुटबल हुने

सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा छैटौँ मानेभञ्याङ कप फुटबल प्रतियोगिता हुने भएको छ । एड्भान्स क्लब मानेभञ्याङको आयोजनामा असोज २८ गतेदेखि छैटौँ मानेभञ्याङ कप फुटबल प्रतियोगिता हुने भएको हो । आज सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गर्दै छैटौँ मानेभञ्याङ कप २०८२ फुटबल प्रतियोगिता’bout जानकारी दिएको हो । प्रतियोगिता महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।

सामाजिक सद्भावका लागि युवा एकता, विकृति विसंगतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता भन्ने मूल नाराका साथ मानेभञ्ज्याङमा छैटौँ मानेभञ्याङ कप फुटबल प्रतियोगिता हुने भएको हो । पूर्वी पहाडी जिल्लाको महत्वपूर्ण प्रतियोगिता रहेको र खेल क्षेत्रमा छुट्टै पहिचान बनाउन संखुवासभा जिल्लामा खेल महोत्सवका रूपमा छैटौँ मानेभञ्याङ कप फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको एड्भान्स क्लबका अध्यक्ष जिल्लामान राईले बताए । प्रतियोगितामा जिल्लाका विभिन्न २० फुटबल क्लवको सहभागिता रहने छ ।

विजयी टिमलाई नगद एक लाख रुपैयाँ ट्रफि,मेडल प्रमाणपत्रले सम्मान गरिने छ भने उपविजेतालाई नगद ५० हजार रुपैयाँ सहित ट्रफि,मेडल प्रमाणपत्रले सम्मान गरिने प्रतियोगितामा विभिन्न विधामा समेत नगद र ट्रफीले सम्मान गरिने आयोजकले जनाएको छ । त्यस्तैगरी सेमि फाइनालिष्ट दुई टिमलाई नगद २०÷२० हजार रुपैयाँ प्रदान गरिने आयोजक एड्भान्स क्लवले जनाएको छ ।

फुटबल प्रतियोगितामा करिब रु ११ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । एडभान्स क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावासीकरण गर्ने उद्देश्यले २०६४ सालदेखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ । खाँदबारी–३ मानेभञ्याङ स्थित महेन्द्र माविको खेलमैदानमा हुने प्रतियोगिता कार्तिक १ सम्म सञ्चालन हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

फोहोर व्यवस्थापन दीगो बनाउन महानगरको नयाँ सम्झौता