काठमाडौं । आठौं वरियताकी एलेना राइबाकिनालाई ६–३, ६–३ ले हराउँदै आर्यना साबालेन्का ‘डब्लुटीए १०००’ स्तरीय प्रतियोगिताको सेमिफाइनलमा पुगेकी छन् । ‘युएस ओपन च्याम्पियन’ले सन् २०१८, २०१९ मा र गत वर्ष चिनियाँ सहर फर्किएपछि वुहान ओपन जितेकी थिइन । शुक्रबार आर्यनाले चीनको वुहानमा आफ्नो जितको सिलसिला
२० खेलसम्म पु¥याएकी छन् ।
सेमिफाइनल पुगिन् साबालेन्का
शीर्ष वरियताकी साबालेन्काले १ घण्टा २५ मिनेटसम्म चलेको खेलमा तीनपटक राइबाकिनाको सर्भ तोडिन् र यस सिजनमा ११औं पटक सेमिफाइनलमा पुगिन् । शुक्रबार इगा स्वीएटेक जस्मिन पाओलिनीको हातबाट सिधा सेटमा पराजित भएकी थिइन् । पाओलिनिले ६५ मिनेटको क्वार्टरफाइनलमा दोस्रो वरियताकी स्वीएटेकलाई ६–१, ६–२ ले पराजित गरिन् । यो स्विएटेकमाथि पाओलिनीको पहिलो जित थियो ।
पाओलिनी–गाउफ आमनेसामने
अब सेमिफाइनलमा पाओलिनीले तेस्रो वरियताकी कोको गाउफको सामना गर्नेछिन् । गाउफले पनि अन्तिम चारमा पुग्न धेरै संघर्ष गर्नुपरेन । उनी लौरा सिगेमुन्डमाथि ६–३, ६–० को जित हासिल गर्दै लगातार दोस्रो सेमिफाइनलमा पुगिन् । सेबालेन्काले भने सेमिफाइनलमा छैटौं वरियताकी जेसिका पेगुलाको सामना गर्नेछिन् । पेगुलाले काटेरिना सिनियाकोभाविरुद्ध पहिलो सेट गुमाएपछि २–६, ६–०, ६–३ ले जितेकी थिइन् ।






